
काँक्रो,लौका,घिरौला,फर्सी,परवल आदि लहरेबालि अन्तर्गत पर्दछन्, यिनको खेति तराईदेखि २००० मिटर सम्मको उचाईभएको स्थान सम्म गर्न सकिन्छ। लहरेबालि लाई प्राङ्गारिक पदार्थयुक्त बलौटे ,दोमट, वा पाँगो माटो राम्रो हुन्छ साथै माटोमा चिस्यान हुनु राम्रो मानिन्छ।
यो बालिको लागि ph ५.५-६.५ राम्रो मानिन्छ यद्यपि माटोको उज ५.५ भन्दा कम भयमा लहरे वालिहरु राम्रो हुँदैन।यी वालिहरु गर्मि तथा न्यानो स्थानका वालिभएकाले तुषारो र बढी चिसो ठाउँमा बिरुवा राम्रो हुँदैन।
बेमौसमी लहरेवालि का लागि उपयुक्त जातहरु :
१.काँक्रा
भक्तपुर लोकल
बेलि
गौरि
मालिनि
सालिनि
रानिया
२.तिते करेला
तेजस्वि
चमन
हरितक्रान्ति
आशा
पालि
पुनाम
दुर्गा
एन एस १०२४
३. लौका
हरित
सारदा
GUDDU 1
श्रमिक
गौरव
४.घिरौला
लक्ष्मि
उत्सव
सुन्दर
ज्यापु स्थानिय
एन एस ४०१