समाचार

तरकारीमा गाँठे रोगको बिगबिगी

काठमाडौँ । केही वर्ष पहिलेसम्म काठमाडौँ उपत्यकाको काउली र बन्दामा देखिएको गाँठे रोग अहिले देशका धेरै जिल्लाका धेरैथरी बालीमा फैलिएको छ । गाँठे रोग झण्डै ४० जिल्लामा फैलिएको कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । ‘झण्डै १५ वर्ष पहिले छिटपुट देखिएकामा अहिले यो समस्या व्यापक बनिसकेको छ’, उनले भने, […]

धेरै अन्न फलाउन किसानलाई खेतबारीमै ‘पाठशाला’

रुकुम । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् । परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला […]

अर्थोडक्स चिया प्रर्बदन लागि उन्नतिको ३२ करोड

इलाम। अर्थोडक्स चियाको उत्पादन, प्रशोधन र बजारीकरणका लागि उन्नति समावेशी वृद्धि कार्यक्रमले इलाममा ३२ करोड रूपैयाँभन्दा बढी सहयोग गरेको छ । कृषि उत्पादनमा मूूल्य श्रृंखलाको विकासमार्फत बजार पहुुँच तथा मूल्य अभिवृद्धि गरी चिया सरोकारवालाहरूको आयस्तर उकास्न डेनमार्क सरकारको सहयोगमा प्रदेश नम्बर १ का सातवटा पहाडी जिल्लामा उन्नति कार्यक्रम सञ्चालन भइरहेको छ । कृषि विकास मन्त्रालयसँगको […]

पशुपंक्षीको दानामा पनि गुणस्तर निर्धारण गरिने

काठमाडौ। सरकारले कुखुरा तथा गाईभैंसी दानमा मात्रै गुणस्तर तोकेकोे भएपनि अब अन्य पशुपक्षीको दानामा पनि गुणस्तर निर्धारण गर्ने भएको छ । पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मलको अध्यक्षतामा बसेका दानास्तर निर्धारण समितिको बैठकले अन्य पशुपक्षीको दानामा पनि गुणस्तर तोक्ने निर्णय गरेको हो । कृषकले अन्य पशुपक्षी पनि व्यावसायिक रूपमा पाल्न थालेपछि बंगुर, बाख्रा, कुकुर, खरायो, टर्की, […]

छुर्पीको मूल्यमा गिरावट ,व्यापारी तथा किसान मारमा

इलाम। छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा परेका छन् ।जापान, अमेरिकालगायतका मुलुकमा निकासी हुने गरेको छुर्पीबाट मनग्य आम्दानी गर्दै आएका व्यवसायीहरु मूल्यमा गिरावट आएपछि मारमा परेका हुन् ।अमेरिका, जापान जस्ता देशमा कुकुरलाई खुवाउन प्रतिमहिना तीन टन नेपालको छुर्पीको माग हुने गरेको थियो । विगतमा यसको माग धान्न नै धौ–धौ पर्ने गरेका डेरी […]

आँप खेती गर्न कस्तो प्रबिधि अपनाउनुपर्छ !

आँप उष्ण प्रदेशीय फलफूल बाली हो तर यसलाई समशितोष्ण हावापानीमा पनि खेती गरेको पाइन्छ। यो गरम र सुख्खा आबहवा र बढी प्रकाश मन पराउने बाली हो। आँपको वृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ ? आँपको वृद्धि र विकासका लागि २४ देखि २७ डिग्री सेल्सियस अनुकूल मानिएतापनि ४८ डिग्री सेल्सियसको तापक्रममा आँप खेती सफल […]

चोभारस्थित फलफूल संकलन केन्द्रको निर्माण सुस्त, विश्व बैंकको करोडौं अनुदान फिर्ता हुँदै

काठमाडौं । चोभारमा बन्न लागेको फलफूल तथा पुष्प संकलन केन्द्रको निर्माण कार्य सुस्त हुँदा विश्व बैंकको करोडौं अनुदान रकम फिर्ता हुने भएको छ। केन्द्रको निर्माण २० प्रतिशत पनि हुन सकेको छैन। विश्व बैंकको सहयोगमा संचालित ‘व्यवसायिक व्यापार आयोजना’को अवधि सकिनै लाग्दा निर्माण  कछुवा गतिमा भैरहेको छ। बाहिरबाट आयात गरी काठमाडौ उपत्यकाको लागि फलफूल तथा पुष्प […]

सहकारी कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै, स्थानीयवासी गाईपालनतर्फ आर्कषित

तानसेन । कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाईपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् । […]

प्रदेश ७ को कृषि मन्त्रीमा चौधरी

धनगढी। प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै प्रदेश सात ले कृषि मन्त्री समेत पाएको छ । सात प्रदेशको भूमिसुधार, कृषि तथा सहकारी मन्त्रीका रुपमा विनिता चौधरी पाएको छ । प्रदेश   सातको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा आएकी विनिता चौधरी माओवादीबाट मन्त्री भएकी हुन् ।सपथ ग्रहण संगै मन्त्री चौधरीले कृषिमा भएका नयाँ सम्भाव्यतालाई आत्मासाथ […]

यार्सागुम्बा अर्थात जडीबुटीको राजा

यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । […]