समाचार

उत्पादन बढाउन बारामा तीन दिने माछा महोत्सव सुरु

बारा। माछाको उत्पादन बढाउन र उत्पादित माछाको बजारीकरणको लागि सदरमुकाम कलैयामा बिहीबारदेखि तीन दिने मत्स्य महोत्सव शुरु गरिएको छ।जिल्ला कृषि विकासकार्यालयलगायतका सरकारी निकायहरुको सहयोग र नेपाल मत्स्य व्यवसायी संघले आयोजनामा शुरु गरिएको महोत्सवको उद्घाटन कृषी मन्त्री गौरीशंकर चौधरीले गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले माछा पालनमा किसानलाई राम्रो आम्दानी हुने भएकोले माछा पालनमा […]

राष्ट्रिय किसान आयोग पदाधिकारी चयन गैरकानूनी

काठमाडौं। माघ ६ गते मन्त्रीपरिषद्ले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णयसंगै पदाधिकारी नियुक्ति गर्न जुरमुराएको कृषि विकास मन्त्रालयको प्रक्रिया गलत भएको विभिन्न कृषि विज्ञहरु एवं राजनीतिक दल निकट भातृसंगठनहरुले बताएका छन् । मन्त्रालयले आफ्नै वेवसाईट मार्फत पाँच दिने सूचना प्रवाह गरी किसान आयोगका पदाधिकारी चयन गर्न अगाडि सारिसकेको छ ।आवेदनको बुझाउने म्याद माघ २५ गते […]

जिल्ला पशु सेवा कार्यालयको बजार अनुगमन औपचारिकतामा सिमित

म्याग्दी। सरकारी निकायहरुले बेनीमा गर्ने गरेका बजार अनुगमन प्रभावहिन भएका छन् । नियम मात्र पुर्याउने तरिकाले गरिएका बजार अनुगमनले कुनै परिवर्तन ल्याउन नसकेको उपभोक्ताहरु बताउँछन् । बजार अनुगमन टोलीले बेनीका मासु व्यवसायीहरुलाई मूल्यसूची राख्न र मूल्यमा एकरुपता कायम गर्न निर्देशन दिएको छ । पटक पटक गरिएका यस्ता अनुगमनले बजारलाई सुधार ल्याउन सकेको छैन । अनुगमन […]

कुखुराको मासुको मूल्य बढ्यो

चितवन। ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ […]

व्यापारीको खेल, नेपालगञ्जको अंशु ट्रेडिङले गर्यो चामल मा झेल

बाँके। कनिकाको भन्सार गरेर चामल ल्याउने गरेको पाइएको छ। मंगलबार बिहान बाँकेको चौलिक्कामा युपी २२ सी ९८०४ नम्बरको ट्रक पल्टिएपछि यस्तो खुलासा भएको हो। बीचमा चामल राखेर आएको उक्त ट्रकले नेपालगञ्ज भन्सारमा कनिकाको राजश्व तिरेको थियो। ट्रकमा कनिका चार सय र चामल चार सय बोरा रहेको थियो। व्यवसायीले भने आठ सय बोरा कनिकाको भन्सार तिरेका थिए। […]

अर्बौं बजेट खर्च तर किसानको पहुँचभन्दा बाहिर

काठमाडौं । सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ। पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ। कृषिले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदान पनि निरन्तर ओरालो लागेको छ। यसले कृषि क्षेत्रमा गरिएको लगानी ‘बालुवामा पानी’ खनाएजस्तै देखाएको छ। […]

कृषकका लागि बनाइएको तरकारी केन्द्रमा ठूला ब्यापारीको कब्जा

खोटाङ। सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम र्यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा अहिले जिल्लाका ठूला व्यापारीले जुत्ता, चप्पल र कपडा पसल सञ्चालन गर्ने गरेका हुन् । कृषकका लागि भनेर निर्माण गरिएका पक्की छाप्रामा […]

किसान परिचयपत्र वितरण योजना अलपत्र

काठमाडौं । सरकारले दुई वर्षअघि सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रम अलपत्र भएको छ । आर्थिक वर्ष ०७१-७२मा सुरु भएको ‘किसान परिचयपत्र’ वितरण कार्यक्रम १० जिल्लामा पुगे पनि किसान वर्गीकरणको कार्यविधि नै अपूर्ण भएपछि सफल हुन नसकेको हो । किसानलाई दिइने अनुदान गैरकिसानले दुरुपयोग गरेको गुनासो आएपछि सरकारले किसान परिचयपत्र वितरण सुरु गरेको थियो । […]

भारतबाट ५० हजार मेट्रिक टन चिनी किन्न तयारी सुरु,नेपालकाे उखुले भाउ पाउँदैन, भारतबाट अाउँछ चिनी

काठमाडौं । नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै यो वर्ष ५० हजार मेटि्रक टन चिनी किन्न तयारी सुरु भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले ५० भारतबाट हजार मटि्रक टन चिनीका लागि भन्सार छुट माग्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । तर, अर्थ मन्त्रालयले चिनी किन्न भन्सार छुट दिने/नदिने विषमा निर्णय लिएको छैन […]

नुनको मूल्य बढाउने तयारी,३५ करोड अनुदान पाए नबढ्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ । नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य बढाउने निर्णय भएमा […]