अर्गानिक खाना अर्थात कागुनो !
विश्वका प्राचीनतम अन्नबालीहरूमध्ये कागुनो (Foxtail millet: Setaria italica (L.) Beauv) पनि एक हो। नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबालीअन्तर्गत पर्दछ। फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet) भनिन्छ। नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बाजुरा र बझाङ जि ल्लाहरूका असिञ्चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको […]





