समाचार

राजधानीमा शुक्रबारदेखि खाद्य मेला सञ्चालन हुने

काठमाडौं। राजधानीस्थित भृकुटीमण्डपको बगैंचामा चैत ९,१० र ११ गते तेस्रो खाद्य मेला–२०४ हुने भएको छ । स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन हुन लागेको हो । ‘परम्परागत पोषिला र स्थानीय खाद्य […]

जंगली जनावरका कारण खेतबारी बाझै

अछाम। जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहुँदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् । जंगली जनावरका कारण […]

कृषि उपज भण्डारणको रसिद धितो राखी प्रभूले किसानलाई ऋण दिने

बाँके।  बाँकेको कोहलपुर क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमीटेडमा आबद्ध कृषकलाई कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी कृषि भण्डारण कर्जा प्रदान गर्न थालिएको छ । प्रभु बैंक लिमिटेडको कोहलपुर शाखा, भेरी शीत भण्डार सहकारी संस्था लिमीटेड र यु.के.एड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जा प्रवाहको एक समारोहका बीच  उद्घाटन गरिएको छ । […]

चुनावमा लागेको ऋण तिर्न तरकारी व्यापार

दाङ। लमही नगरपालकिा वडा नम्बर ५ निपासी ३६ बर्षीय कालुराम चौधरी नेकपा माओवादी केन्द्रवाट लमही नगरपालिकामा स्थानीय तहको निर्वाचनमा उप मेयर पदका उम्मेदवार हुन् । तर आज उनी लमही बजारमा तरकारी डुलाएर बेच्दै गरेको भेटिन्छन् । जान्न खोज्दा उनले सहज उत्तर दिन्छन् ‘ चुनावमा लागेको ऋण तिर्न तरकारी बेच्नुको विकल्प रहेन ।’ लमही बजारको पुरानो […]

व्यावसायिक बन्दै फूल खेती

काठमाडौं । महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता फूलखेतीले व्यावसायिक रुप लिन थालेकोे छ । पछिल्ला केही वर्षयता बजारमा फूलको माग बढ्दै गएपछि यहाँका किसानले फूलको व्यवसायिक रुपमै खेती गर्न थालेका हुन् । फूल घर वरिपरि सजावटका लागिमात्र लगाइने गरेकामा अहिले यहाँका महिलाले व्यावसायिक रुप दिन थालेका छन् । दुई वर्षअघि करेसा वरिपरिको फूलबाटै राम्रो आम्दानी […]

सुन्तला नर्सरी निर्माणको अनुदान तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। कृषि विकास मन्त्रालय फलफूल विकास निर्देशनालयले सुन्तला नर्सरी निर्माणका लागि वितरण गर्न लागिएको अनुदान तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिक आदेश दिएको छ । सुन्तला नर्सरी निर्माण गर्नका लागि गोरखा तथा लमजुङ्ग जिल्लामा दिन लागिएको अनुदान प्रक्रिया गलत रहेको फिल्ड अनुगमन नै नगरी कमिशनका कारण प्रस्ताव स्वीकृत गरिको र सो अनुदानलाई प्रक्रियागत ढंगले निष्पक्ष रुपमा […]

खेतीयोग्य जमीन बाँझो राख्न नपाइने

पोखरा। प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ । प्रदेश र नेपाल सरकारअन्तर्गतका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमद्वारा यहाँ आज आयोजित ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप)’ विषयको अन्तक्र्रियामा उहाँले गाउँ तथा शहरका […]

पाँचथरमा चौँरी महोत्सव हुने

पाँचथर। दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ । जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिनुभयो । चौँरी महोत्सवमा नेपाल भारत र भूटानबाट समेत गरी ५०० भन्दा […]

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा […]

अर्गानिक प्रदेश बनाउन कृषिमन्त्री र मुख्यमन्त्रीबीच छलफल

काठमाडौं । ६ नम्बर प्रदेशलाई अर्गानिक कृषि उत्पादनको प्रदेश बनाउने विषयमा नवनियुक्त कृषि तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र ६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच छलफल भएको छ । सिंहदरबारस्थित कृषिमन्त्री खनालको कार्यकक्षमा आज भेटघाट गर्दै मुख्यमन्त्री शाहीले ६ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउन केन्द्र र प्रदेशले सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका थिए । कृषिमन्त्रीसँग […]