समाचार

किवि (kiwi) खेती

किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । यो निकै पोषिलो र औषधीय […]

डडेल्धुरामा सात नम्बर प्रदेशकै ठूलो कोल्ड स्टोर संचालनमा

डडेल्धुरा। डडेल्धुरामा प्रदेश नम्बर सातकै ठूलो कोल्ड स्टोर संचालनमा आएको छ । कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका–१ दहमा आधुनिक प्रविधिसहितको ‘उग्रतारा सित भण्डार प्रा.ली’ निर्माण भएको छ । १४ हजार ५ सय क्विीन्टल क्षमताको कोल्ड स्टोर साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ […]

प्रत्येक नेपालीको थाप्लोमा रु.२१४७ रुपैयाँ ऋण

काठमाण्डौ। प्रत्येक नेपालीको थाप्लोमा ऋणको भारी थपिएको छ । गत वर्ष भन्दा यो वर्ष नेपालीको थाप्लोमा २ हजार १ सय ४७ रुपैयाँ ३४ पैसाको दरले ऋणको भारि थप भएको हो । महालेखापरीक्षकको कार्यालयले बिहीबार ५५ औं लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।अब प्रत्येक नेपालीको थापलोमा २४ हजार २ सय ७६ रुपैयाँ ७५ […]

अंगुरको एउटा बिरुवा हुर्काए एक सय

जाजरकोट। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले प्रतिअंगुरको बिरुवा हुर्काएबापत एक सय रुपैयाँ दिने भएको छ । अंगुरखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन नगरपालिकाले प्रोत्साहनस्वरूप रकम दिने निर्णय गरेको मेयर ओम बुढाले जानकारी दिए । खदाङ, त्रिपुराकोटलगायत ठाउँका किसानलाई एक हजारभन्दा बढी अंगुरका बिरुवा नगरपालिकाले उपलब्ध गराएको थियो । उपलब्ध बिरुवा हुर्काएबापत प्रतिबिरुवा एक सय रुपैयाँ दिने निर्णय गरिएको […]

नास्टले गर्‍यो ६० विरुवाको कोडिङ

काठमाडौं । नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ ।विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो । विरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका […]

व्यवसायिक टिमुर खेती गर्दै किसान

पाल्पा ।  रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका किसान व्यवसायिक रुपमा टिमुर खेतीतर्फ लागेका छन्। उनीहरुले ठूलोचौर कबुलियती सामुदायिक वन समूह गठन गरेर व्यवसायिक टिमुर खेती गरेका हुन्। यसअघि घरायसी प्रयोजनका लागि मात्र टिमुर प्रयोग गर्दै आएका थिए। टिमुरको संरक्षण तथा प्रवद्र्धनमा कसैले चासो दिएका थिएनन्। पछिल्लो समयमा यसको महत्व थाहा पाएपछि स्थानीयहरु टिमुरका विरुवा संरक्षणमा लागेको ठूलोचौर […]

आम्दानीको राम्रो स्रोत बन्दै खोले साग

देउखुरी। दाङका विभिन्न खोलामा पाइने खोले साग स्थानीयको राम्रो आम्दानीको स्रोत बनेको छ । खोलामा खेर गइरहेको खोले सागको बजारमा अधिकतम माग बढ्न थालेपछि स्थानीयले खोलाको साग सङ्कलन गरी बिक्री वितरण गर्दै आइरहेका छन् । खोले सागको माग बढ्न थालेपछि अहिले खोले सागको व्यावसायिक रूपमा खेती पनि गर्न थालिएको छ । यसरी बग्ने खोलामा उत्पादन […]

जनक्रान्तिको उद्गमथलो थवाङमा अब आर्थिक क्रान्ति

लिबाङ। सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक ९सय हेक्टर क्षेत्रफल० स्थापना […]

१ लाख ७२ हजार हेक्टर जमिनमा सिंचाइ पुर्याउन ६७ अर्ब खर्च गरिंदै

काठमाडौं । सरकारले ६७ अर्ब रुपैयाँ लगानी गरेर १ लाख ७२ हजार हेक्टर जमिनमा सिंचाई पुर्याउने भएको छ ।खेतियोग्य जमिनमा सिंचाई पुर्याउन सरकारले सिक्टा सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ, बबई सिंचाइ र भेरी बबई डाइभर्सन आयोजनाको निर्माण गरिरहेको छ । आगामी ३ वर्षभित्र यी सबै आयोजना सम्पन्न भई थप १ लाख ७२ हजार ७६ हेक्टर क्षेत्रमा […]

नक्कली किसान बनि ९० लाख झ्वाम

कालिकोट। जिल्ला पशु सेवा कार्यालय कालीकोटमा ९० लाख रुपैयाँ अनियमितता भएको सार्वजनिक भएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनामा ०७४-७५ को रकममा अनियमिता भएको हो । आयोजनाले वास्तविक किसानलाई नदिएर नक्कली किसानलाई रकम वितरण गर्दै अनियमितता गरेको खुलासा भएको हो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख र लेखापाल मिलेर नक्कली किसान […]