समाचार

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

कलैया। यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४-७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो । नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब […]

प्रतिकेजी १० हजार मूल्य पर्ने गुच्ची च्याउ

हुम्ला। हुम्ला जिल्लाका वनमा गुच्ची च्याउ संकलन कार्य तीव्र बन्दै गएको  छ ।फागुनदेखि वैशाख मसान्तसम्म संकलन हुँदै आएको च्याउ संकलनका लागि अहिले स्थानीयबासीको दैनिक लर्को लाग्ने गरेको छ । स्थानीयहरु च्याउ खोज्न जानका लागि बिहानै घरबाट निस्कने गरेका छन्। स्थानीयहरु च्याउ खोज्न आफ्नो घरबाट एक दिन लाग्ने दूरीमा रहेको जंगलमा जाने गरेकोले खाना नास्तासहित बस्ने […]

‘लिफ्ट’ गरेर खानेपानी

बागलुङ। नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ । स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कुल ३२ करोड २५ लाख रूपैयाँमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सहलगानीको आयोजनामा सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत योगदान रहनेछ । दुई […]

टिमुर खेती गरेर जीविकोपार्जन

तानसेन। पाल्पाका सामुदायिक वनमा विभिन्न किसिमका जडीबुटी खेती गर्ने क्रम बढेको छ । रिब्दिकोट गाउँपालिका–७ पालुङमैनादीका कृषकले सामुदायिक वनमा टिमुर खेती गरी आम्दानी सुरु गरेका छन् । पालुङमैनादीका कृषकले ठूलाचौर कबुलियती सामुदायिक वन समूह गठन गरी टिमुर खेती सुरु गरेका हुन् । ठुला रुख बिरुवा नभएको, बनमाराले ढाकेको मानवीय जीवनमा प्रयोगविहीन रहेको जंगललाई जिल्ला वन […]

कृषि उपज बिक्री नगरपालिकाले गर्ने

पर्वत। किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा फलेवास नगरपालिकाले लिने भएको छ। किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउने उद्देश्यले बिक्री नभएको सबै कृषिजन्य वस्तुको जिम्मा नगरपालिकाले लिने नगर प्रमुख पदमपाणि शर्माले बताए। “किसानले बिक्री गर्न नसकेका अन्नबाली, तरकारी, दूध र अण्डा नगरपालिकाले किन्छ” उनले भने, “नगरभित्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री […]

व्यावसायिक बन्दै अल्लो खेती

सल्लेरी। सोलुखुम्बुको एक सहकारीले व्यावसायिक अल्लो खेती सुरु गरेको छ । महाकुलुङ–३ छेस्काममा रहेको महाकुलुङ गरिबी निवारण कृषि सहकारी संस्था लिमिटेडले ८३ रोपनी क्षेत्रफलमा अल्लो खेती सुरु गरी गाउँमा नै प्रशोधन सुरु गरेको हो । सहकारीले अल्लो खेतीबाट गत आर्थिक वर्षमा ३६ लाख बढी आम्दानी गरेको पनि जनाएको छ । अल्लो खेतीमा स्थानीयको आकर्षण बढेपछि […]

तरकारीमा वार्षिक ५५ करोडको विषादी प्रयोग

पोखरा। नेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुनेगरेको तथ्य सार्वजनिक भएको छ । बाली संरक्षण निर्देशनालयका निर्देशक अच्यूतप्रसाद ढकालका अनुसार नेपालमा वार्षिक ५९ करोड बराबरको बिषदी खपत हुने गरेको छ । जसमध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको हो । ढकालले सन २०१५/१६ मा ५ सय ७५ टन बिषादी खपत […]

सौर्य ऊर्जाबाट थोपा सिँचाइ

बनियानी । झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई अनुदानमा थोपा सिँचाइ प्रविधि उपलब्ध गराउने तयारी भइरहेको छ । “विशेष गरी […]

नुवाकोटमा सवा अर्बको आलु उत्पादन

नुवाकोट। कृषिमा आत्मनिर्भर नुवाकोटले आलुमा छुट्टै पहिचान बनाउन सफल भएको छ । यस वर्ष नुवाकोटमा एक अर्ब ११ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । एउटै गाउँबाट २५ करोड रुपैयाँको आलु बिक्री भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । पहाडी संरचना रहेको उर्वरभूमि नुवाकोटका किसान पछिल्लो समय समय आलुखेतीको आकर्षित भएका छन् […]

मेलम्चीपछि काठमाडौंमा याङ्ग्री र लार्के खोलाको पानी

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको खानेपानी समस्यालाई ध्यान दिँदै मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनाएको छ। पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा आगामी असोज महिनाभित्र पानी वितरण गर्ने योजना बनाएको सरकारले मेलम्ची दोस्रो चरण निर्माणका लागि आवश्यक पक्रिया थालनी गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी दैनिक १७ करोड लिटर काठमाडौं उपत्यका भित्रयाउने […]