थप दुई ठाउँमा बर्डफ्लू प्रमाणित, पक्षी नष्ट गरिँदै
चितवन। जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एन्ड रेस्टुरेन्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो। सो रेस्टुरेन्टमा स्थानीय जातका कुखुरा र हाँस खोरमा राखेर पालिएको […]





