समाचार

कालिमाटीका ९८ स्टल खारेज हुने

ललितपुर। सरकारले केही महिनाअघिदेखि कालिमाटी तरकारी बजारमा सञ्चालित ९८ वटा स्टलको सम्झौता खारेज गर्ने भएको छ । त्यसका लागि सरकारले शुरु गरेको छ । पुराना सम्झौता खारेज गर्ने अन्तिम तयारी भएको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले हप्ता दश दिनभित्रै सबै टुङ्गो लाग्ने  जानकारी दिए । हामीले ६०७ जनामाथि अनुसन्धान […]

अनुदान लिन किसानलाई बैंक खाता अनिवार्य

काठमाडौं। सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६० रुपैयाँका दरले दिइने अनुदान बैंक खातामार्फत मात्र पठाउने भएको छ । सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यमै उखु उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार दुई साताअगाडि बसेको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६० रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । २०७५ साल जेठ […]

किसानलाई मल चाहिएको बेला कृषि सामग्रीको गोदाम रित्तै

बाँके। चाहिएकै बेला जिल्लामा मल अभाव भएको छ । कृषि सामग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ । कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री […]

चिनीया प्रविधिको मकै अब नेपालमा

ललितपुर। मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादन सम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५जनाको सहभागिता छ […]

कालिमाटी फलफूल तथा तरकारी विकास समिति विघटन गर्न माग

काठमाडौँ। राष्ट्रिय उपभोक्ता मञ्चले कालिमाटी फलफूल तथा तरकारी विकास समिति विघटन गर्न माग गरेको छ । उपभोक्तालाई सस्तो र गुणस्तरीय तरकारी तथा फलफूल उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न समिति विघटन गर्न मञ्चले माग गरेको हो । समिति विघटन गरी सार्वजनिक, निजी र साझेदारी प्रारूप (पीपीपी मोडेल) मा विकास गर्नुपर्ने लगायतका सात बुँदे सुझावसहित प्रधानमन्त्रीलाई […]

मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

काठमाडौँ। पचास हजार पाँच सय भन्दा बढी मोही र जग्गाधनीले मोहियानी हक दाबी गर्दै भूमिसुधार कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । काठमाडौँमा ५१ हजार २०६ मोही छन् । तीमध्ये ५० हजार ५०० ले मोही जग्गा बीचको विवाद सुल्झाउन निवेदन दर्ता गराएको भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । दर्ता भएका निवेदनमध्ये तीन […]

तरकारी बजार केन्द्र निर्माण हुने

दाङ। तुलसीपुर उपमहानगरपालिकाले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण गर्ने भएको छ । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूललगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । रु एक करोड ८० लाखको लागतमा निर्माण हुनथालेको बजार केन्द्र तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको सेन्टर […]

भूमिहीन दलितले जमिन पाउने

ललितपुर। सरकारले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने भएको छ । संविधानले गरेको व्यवस्था अनुरुप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन-२०२१ संशोधनका लागि विधेयक संसदमा पेश गरेको छ । यो ऐन संशोधन भएपछि जग्गा जमिन नभएका भूमिहीन दलितहरुले सरकारबाट जग्गा प्राप्त गर्नेछन् । संविधानको धारा ४०को उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानुन […]

बुधबारदेखि तरकारीको कारोबार हुने

ललितपुर। आन्दोलनरत नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले बुधबारदेखि आंशिक रुपमा तकारीको कारोबार हुने जनाएको छ । आम उपभोक्तामा हुने असुविधालाई मध्यनजर गर्दै बिहान ८ बजेसम्म खुद्रा तथा थोक तरकारी बजारको कारोबार हुने र त्यसपछि बन्द गरिने महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए । उनले मन्त्रालयसँग कुनै सहमति नभएको र आन्दोलनका कार्यक्रमलाई कायम राख्दै आंशिक […]

च्याउले बजार पाएन

रोल्पा। आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ । सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालेको हो । सो खेती गर्न विद्यालयले रु ३ लाख लगानी गरेको बताइएको छ । […]