समाचार

तरकारी बेचेर धानिएको जीवन

ललितपुर। बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बेचेरै जिवीका चलाईरहनु भएकोछ । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहनु भएको हो । उहाँले २५ वर्षदेखि यही पेसा अगाल्दै आउनु भएको छ । उहाँ बिहान उज्यालो हुँदानहुँदै बागलुङ बजार पुगेर […]

आयात रोके लगत्तै चिनीमा मूल्यवृद्धि

ललितपुर। स्वदेशी उद्योगलाई संरक्षण गर्ने उद्देश्यले सरकारले चिनीको आयातमा सीमा तोकेको एक हप्ता नबित्दै व्यापारीले मूल्य बढाएका छन् । यसअघि ६५ देखि ६८ रुपैयाँ प्रतिकिलो रहेको चिनी प्रतिकिलो ७५ देखि ८० रुपैयाँमा बेच्न थालिएको छ । यसअघि स्वेदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात […]

कुहिएको मासु बेच्दै ललितपुरमा संचालित बधशाला, अनुगमन टोलीद्वारा ४ वटामा शिलबन्दी

ललितपुर। संयुक्त अनुगमन टोलीले ललितपुर महानगरपालिकामा सञ्चालित ४ वटा पशु बधशालामा शिलबन्दी गरेको छ । शुक्रवार बिहानै ललितपुर क्षेत्रका ५ वटा बधशालाको स्थलगत अनुगमन गर्ने क्रममा ४ वटामा शिलबन्दी गरिएको हो । कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त अनुगमन टोलीले लक्ष्मी मिट सपलाई सचेत गराएको थियो […]

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउँछौं

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ । काठमाडौँमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘सुपरजोन’ परियोजना लागू भएको जानकारी […]

हरियो चिया पत्ती उत्पादनमा कमी

ललितपुर। पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न एक सय १३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया […]

चालक सङ्घर्ष समितिको आन्दोलनका कारण बन्दरगाहमै थन्कियो मल

वीरगञ्ज। नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो । ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल रु एक हजार २०० […]

गण्डकी सरकारले १० हजार चिनियाँ गाई पाल्ने

पोखरा। गण्डकी प्रदेशको २३औँ मन्त्रिपरिषद बैठकले प्रदेशलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन १० हजार गाई पाल्न वैदेशिक सहयताका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। दुग्ध विकास बोर्डमार्फत् प्रदेश दुग्ध विकास बोर्ड सञ्चालनार्थ वैदेशिक सहयोग लिन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको हो । गण्डकी प्रदेशले चाइनाबाट १० हजार वटा गाई ल्याएर प्रदेशलाई दुग्धजन्य […]

पानीघट्टबाट मनग्य आम्दानी

मुसिकोट। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् । साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । खोला किनारमा निर्माण गरिएका पानीघट्टमार्फत घरव्यवहार चलाउन सहयोग पुगेको छ । थोरै रकम र कम मेहनतले नै पानीघट्टबाट फाइदा लिन सकिने स्थानीयवासी निर्मल चन्दले […]

सर्टिफिकेट धितो राखि सात शीर्षकमा ऋण लिन सकिने

काठमाडौं। पटक–पटक चर्चामा आउने गरेको ‘शैक्षिक प्रमाण–पत्र धितोमा ऋण’ अन्ततः कार्यान्वयनमा आउने भएको छ । अर्थ मन्त्रालयले शैक्षिक योग्यता भएर पनि विना उद्याम बसिरहेका युवालाई स्वरोजगार बनाउन विभिन्न ७ वटा शीर्षकमा सहुलियत दरमा ऋण उपलब्ध गराउन कार्यविधिको तयारी गरिरहेको छ । बजेटमा भएको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको बजेट कार्ययोजनामा […]

किसान पेन्सन योजना अलपत्र

ललितपुर। कृषि तथा पशुपंक्षी मन्त्रालयमा किसान पेन्सन योजना अलपत्र परेको छ। कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले किसान पेन्सन योजना अघि बढाउन नसकिएको स्वीकार गरेसँगै सो योजना अलपत्र परेको हो। मंगलबार आफ्नो मन्त्रालयको ६ महिनाका मुख्यमुख्य उपलब्धिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो योजना अघि बढाउन आफू एक्लैले नसक्ने उल्लेख गर्दै त्यसका लागि […]