
बुटवल। विश्व बैंकको सहयोगमा व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट)द्वारा बुटवलमा निर्माण भैरहेको ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’ को तरकारी तथा फलफलुल थोकबजार निर्माण योजनामा सरकारी सम्पत्तीको चरम दुरुपयोग भएको पाइएको छ ।
हाल सञ्चालनमा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र को माथिल्लो तलमा ट्रष्ट हालेर सटर निर्माणको कार्य अहिले जारी रहेको छ । निर्माणको जिम्मा पाएको गौरी पर्वती कन्टक्र्सन प्रालिले काठमाण्डौले सटर निर्माणको जिम्मा पाएको थियो । समयमा नै निर्माण सम्पन्न गगरिदँदा अहिले अर्धनिर्माण अवस्थामा रहेका छन् । तर, निर्माण पुरा नै नगरी कम्पनी अहिले सम्पर्क विहिन भएको छ । विभिन्न सटहरु अहिले अर्थ निर्माण अवस्थामा रहेका छन् । अहिले अर्ध निर्माण अवस्थमा रहेका सटरहरुमा गैरव्याक्तिहरले ‘तास खेल्ने अखडा’ बनाईरहेका छन् ।
निर्माण अलपत्र बनाइएको सटरका भित्री भागमा बसेर सटर असापासका विभिन्न व्याक्तिहरुले दिनभर तास खेल्ने स्थानको रुपमा परिणात हुदै गएको प्रति व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । रातको समयमा समेत सोही स्थानमा वाहिरका व्याक्तिहरु आएर बस्ने भएको कारण ‘धर्मशालाा जस्तै बनेको’ एक व्यवासायीले बताए ।
५ करोड ४२ लाख रुपैयाँ लागतमा विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको भनिएको उपजकेन्द्रको माथिल्लो तला थप्ने कार्यमा जम्मा १४ वटा मात्रै सटरहरु व्यवसाय गर्नको लागि भेटनरी पसल तथा अन्य हल्का सामानहरु राख्न मिल्ने व्यवसायीहरु बताउछन् ।
मल्टी/ईन्गार/एस्.सि(जेभि) काठमाण्डौ परामर्स दाता रहेको उक्त सटरको निर्माण गौरी पार्वती निर्माण सेवा काठमाण्डौ नै रहेको थिउो । सन् २०१६/०८/१७ गते सम्झौता भएकोमा निर्माण अवधी जम्म १० महिनाको थियो । १० महिनाको निर्माण अवधी भएकोमा निर्माण पक्षले २ बर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न गरेको छैन । म्याद सकि सक्दा समेत निर्माण अलपत्र छाडेर निर्माण कम्पनी नै हिडेको स्थानिय व्यवसायीहरु बताउँछन् ।
तल्लो तलामा अहिले व्यवसायीक प्रयोजनमा प्रयोगभैरहेको सटरकोको माथिल्लो तला थपेर व्यवसायीहरुलाई भाडामा दिने गरी योजना बनाइएको भएपनि व्यवहारिक रुपमा प्रयोग हुन नसक्ने व्यवसायीहरुले बताएका छन् ।
माथिल्लो तलामा ढुवानीको लागि समेत अफ्ठारो पर्ने भएको कारण त्यहाँ पसल सञ्चालन गर्नको लागि थप समस्या हुन लुम्बिनी फलफुल तथा थोक व्वसायी समितिका अध्यक्ष केशव कुँवर बताउछन् । उनी भन्छन्–‘खास के प्रयोजनको लागि बनाइएको हो, व्यवसायीक संघ संस्थालाई कुनै पनि सोखोज नै छैन, कहिले बन्ने हो, कहिले हस्तान्तरण गर्ने हो यस विषयमा पनि कुनै पनि जानकारी छैन । ’
माथिल्लो तला बढि गर्मी हुने स्थान भएको कारणले पनि फलफुल तथा तरकारी को व्यवसाय सञ्चालन गर्नको लागि व्यहारिक रुपमा उचित नभएको लुम्बिनी फलफुल तथा थोक व्यवसायी समितिका अध्यक्ष केशव कुँवरको भनाई रहेको छ ।
बुटवल कृषि उपज थोक बजार केन्द्रका बजार व्यवस्थापक अब्दुल कयौमु मुसवान्ले प्याक्टको आयोजानको विषयमा बजार संग कुनै पनि सम्झौता, जानकारी आदान प्रदान नभएको बताउछन् । आफ्नै जग्गामा केन्द्रीय आयोजना प्याक्टले बनाउदै गरेको सटरको विषयमा आफुहरुलाई नै जानकारी नहुनु आफैमा रहस्यको विषयमा भएको कैयमुुको भनाई रहेको छ ।
‘कस्को मातहतमा जाने हो, कस्ले कुन प्रयोजनको लागि सञ्चालन गर्ने हो, भन्ने विषयमा जानकारी छैन ।’– उनले भने ।
बुटवल उपमानगरपालिका कृषि विकास महाशाखा प्रमुख भिमनाथ शर्माले केन्द्रले छिटो निणर्य नगर्दा कृषि उपज झनै अस्तव्यस्त हुदै गएको बताउछन् । उनले आफुहरुले छिटो भन्दा छिटो हस्तान्तरण गर्नको लागि पटक पटक माग गरे पनि प्याक्टले कुनै पनि सुनुवाई नगरेको र अहिले निर्माण अलपत्र हुँदा समेत चाँसो नदेखाएको उनको भनाई रहेको छ ।
उनी भन्छन्–‘अहिले झनै अस्तव्यस्त भएकोछ, कस्ले हेर्ने हो भन्ने विषयमा पत्र समेत नआउदाँ झनै अवस्था विजोग छ । ’
यता, व्यवसायी कृषि तथा व्यापार आयोजना(प्याक्ट) काठमाण्डौंका बरिष्ठ योजना अधिकृत(उपसचिव) दिनेश सापकोटाले छिटो निर्माण कार्य सक्नको लागि निर्माण कम्पनीलाई दबाब दिइएको र केही स साना कामहरु रहेकोमा छिट्टै नै निर्माण सम्पन्न हुने बताए । उनले अनुकलताको
विषयमा पहिला नै छलफल गरेर ल्याइएको कारण सञ्चालनको लागि कुनै पनि कठिनाई नभएको उनको भनाई रहेको छ ।
उनले भने–‘साना मसिना केही कामहरु रहेका होलान्, निर्माण पुरा भएपछि नगरपालिका, सञ्चालक समितिलाई हामी हस्तान्तरण गर्छौंै ।