समाचार

जडीबुटी खेतीमा रम्दै जनमुक्ति सेनाका पूर्वकमाण्डर

तेह्रथुम। परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा वर्षेनी रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि […]

१ लाख स्याउका बिरुवा आयात गरिँदै

काठमाडौं। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विदेशबाट स्याउका बिरुवा आयात गरिने भएको छ । उच्च घनत्व (बाक्लो गरी रोप्न मिल्ने) र धेरै उत्पादन दिने स्याउको खेती विस्तार गर्ने योजनाअनुरूप विदेशबाट आयात गर्नुपरेको परियोजनाले जानकारी दिएको छ । पहिलो चरणका लागि १ लाख बिरुवा आयात गरिने भएको छ । आयातीत बिरुवा हाललाई सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, […]

महाशिला गाउँमैं बालीविज्ञानको पढाइ शुरु

पर्वत। प्राविधिक शिक्षा पढ्नका लागि वर्षेनी लाखौं रुपियाँ खर्चेर शहर जानु पर्ने बाध्यत अब हट्ने भएको छ । विकट गाउँमा महाशिला गाउँपालिकामा पहिलो पटक प्राविधिक धारतर्फको बालीविज्ञान विषयको पढाइ शुरु भएको हो । महाशिला–५ स्थित महेन्द्रज्योति माविमा बालीविज्ञान विषयमा सञ्चालित कक्षाको हालै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम […]

केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित

पशुपतिनगर। इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो […]

महले बजार पाएन

दार्चुला । दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताए । […]

पहिचानको खोजीमा इरानी केशर, जुन संसारभर बहुमूल्य बन्दैछ

टोर्बात – ए हेदारिया, इरान। निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको ‘केशर’ फूलको सङ्कलनमा बिहानैदेखि जुटिसकेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त महङ्गो यो फसलप्रति धेरैको आँखा लागेको छ । बैजनी रङ्गका कोमल पातहरुको बीचबाट वर्षमा मुश्किलले १० दिन केशर (अङ्ग्रेजीमा स्याफ्रोन भनिने) को फूल फुल्दछ । यी […]

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का, सर्वोच्च अदालतले पुष २६ गते सुनुवाइ गर्दै

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा निजी क्याम्पसको भर्ना रोकिएको छ । विद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको हो । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न आदेश दिएको छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मङ्गलबार बसेको भर्ना समितिको बैंठकले विश्वविद्यालयको निर्देशनअनुसार […]

अब बर्खा र हिउँदमा दूधको मूल्य फरक–फरक

ललितपुर। उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरूमा मिल्क होलिडे देखापार्न थालेको छ । किसानले उत्पादन गरेको दूध बिक्री […]

माग घटेपछि फुल नष्ट गर्दै ह्याचरी व्यवसायी

चितवन। कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय समितिको बैठकले भोलि बुधबारदेखि सबै ह्याचरीले चल्ला उत्पादन गर्ने […]

बुटवलमा पशु बधशाला निर्माण अधुरै

खस्यौली। पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन । बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्ष प्रस्तावना पेश गरेको उप–महानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले जानकारी दिए । बधशाला बनाउन यस आर्थिक वर्षमा उप–महानगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरेको छ । “वधशाला […]