समाचार

तिहारको चौथो दिन, गाई, गोरु र गोवद्र्धन पूजा

ललितपुर। आज तिहारको चौथो दिन, गाई, गोवद्धर्न र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट […]

५ करोड ४० लाख को ट्रष्ट ‘जुवा खेल्ने अखडा’

बुटवल। विश्व बैंकको सहयोगमा व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट)द्वारा बुटवलमा निर्माण भैरहेको ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’ को तरकारी तथा फलफलुल थोकबजार निर्माण योजनामा सरकारी सम्पत्तीको चरम दुरुपयोग भएको पाइएको छ । हाल सञ्चालनमा रहेको बुटवल कृषि उपज तथा थोक बजार केन्द्र को माथिल्लो तलमा ट्रष्ट हालेर सटर निर्माणको कार्य अहिले जारी […]

बझाङ लगिएको मल बाटैमा खोसियो

बझाङ। सुदूर पश्चिमको पहाडी जिल्ला बझाङमा रसायनिक मलको अभाब भएको छ । हिउँदे बाली लगाउने समय भएको भएपनि कृषकले समयमा नै मल नपाउँदा समस्या भएको हो । बाली लगाउने समय बित्नै लागे पनि किसानहरु भने अझै पनि मलको पर्खाईमा छन् । जिल्लामा माग अनुसारको मल समयमा नै ढुवानी नहुने र भए पनि देउलेक, सुनकुडा रायल […]

आज धनधान्यकी देवी लक्ष्मीको पूजा

ललितपुर। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, […]

किसानलाई अनुदानमा गहुँको बिउ वितरण

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ। नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाभित्रका किसानलाई ४० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको हो। आनन्दवन सहकारी संस्था लिमिटेडले अनुदानको गहुँ बिउ विक्री सुरू गरेको छ भने कोटिहवास्थित जनविकास सहकारी संस्था लिमिटेडले केही दिनभित्रै विक्री सुरू गर्ने जनाएको छ। आनन्दवन सहकारीले वडा नम्बर १ […]

कृषि क्षेत्रले व्यापार घाटा न्यूनीकरण गर्छः मन्त्री विष्ट

काठमाडौँ । रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तक्र्रियमा उहाँले श्रमिक र उद्योगी बीचका विद्यमान समस्या सामूहिक छलफलबाटै समाधान गरिने बताए । मुलुकमा बढ्दै गएको व्यापार घाटा […]

गाईको गहुँतबाट क्यान्सर लगायत १ सय ४८ प्रकारका रोग निको हुने वैज्ञानिक निश्कर्ष

ललितपुर।  स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट […]

कुखुरापालनमा वार्षिक अर्बऔं रुपैंया बाहिरिँदै

ललितपुर। कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईका अनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ […]

कुखुरा नपाल्ने कास्कीका कुखुरा पालक किसानको चेतावनी

पोखरा। कास्कीका कुखुरा पालक किसानले तिहारपछि कुखुरा नपाल्ने चेतावनी दिएका छन् । कास्की कुखुरा पालक किसानले कुखुराको मूल्य उचित नदिएको, कास्की बाहिरका कुखुरा ल्याएर बेचेको, कुखुरा पालक किसान भन्दा बिचौलियाले फाइदा लिएको तथा कुखुरा सप्लायर्सले समयमै कुखुरा नपालेको भन्दै तिहारपछि कुखुरा नपाल्ने चेतावनी दिएका हुन् । कुखुरा पालक किसान समूह जिल्ला समिति कास्कीका सचिव बाबुराम […]

भैँसीलाई ‘सुत्केरी भत्ता’ ५ हजार, पाडीलाई २० हजार !

काभ्रे । पनौती नगरपालिकाले कृषकले पाडापाडीको जन्मदर्ता गरेमा भैँसीलाई ‘सुत्केरी भत्ता’ बापत ५ हजार दिने गरेको छ। भैँसी सुत्केरी भत्ता वितरण गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ छुट्याएको छ। नगरप्रमुख भीम न्यौपाने भैँसी सुत्केरी भएको हेर्न किसानको गोठ-गोठमा पुग्ने गरेका छन्। भैँसीपालक किसानलाई प्रोत्साहन गर्न नगरले भैँसीका पाडापाडी दर्ता अभियान पनि थालेको छ। […]