
ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ प्रस्तुत गर्दै खनालले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो ।
विषादी अनाधिकृत प्रयोग गर्नेलाई रु ५० हजारदेखि एकलाख ५० हजारसम्म जरिवाना गर्न सकिने विधेयकमा व्यवस्था गरिएको मन्त्री खनालले बताउनुभयो ।