समाचार

आम्दानीको स्रोत बन्दै बेल

दमौली। केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न बिस्मात’ भन्ने त उखानै छ । तनहुँ म्याग्दे गाउँपालिकाका उपभोक्तालाई पनि केही समय अघि यो उखान ठ्याक्कै मिल्थ्यो । तर अहिले त्यहाँका उपभोक्तालाई बेल पाक्दा लाखौं आम्दानी हुन थालेको छ । म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेको ६ वटा सामुदायिक वनका उपभोक्ता मिलेर […]

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट, ११ प्रकारका सिफारिस निःशुल्क

परासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालू आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा ५ हजार ६ सय ४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । कृषि […]

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुुलपतिलाई बर्खास्त गर्न माग

चितवन। कृषि तथा वन विज्ञान विश्व विद्यालयका आन्दोलनरत पक्षले उपकुलपति ईश्वरी प्रसाद ढकालको बर्खास्तीको माग गरेका छन्। मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको निर्णय तथा निर्देशन कुलपतिले अवज्ञा गरेको भन्दै बर्खास्त गर्न माग गरेका हुन्। निजी कलेहरूलाई भर्ना सुरु गरेको निर्णयबाट आन्दोलनमा उत्रेका प्राध्यापक तथा विद्यार्थी संगठहरूले विश्वविद्यालयमा विरोधका कार्यक्रम जारी राखेका छन्। ‘माफियाले विचौलियालाई उपयोग गरेर भ्रष्ट […]

फेरि बढ्यो दानाको भाउ

बनेपा। दुई महिनाअघि मात्रै कुखुराको सबै खाले दानामा भाउ बढाएका दाना उद्यमीहरुले फेरि भाउ बढाएका छन् । शनिबारबाट लागू हुने गरी प्रति ५० किलो बोरा दानामा ७५ रुपैयाँ बढाएका हुन्। दानामा प्रयोग हुने मुख्य कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य बढेकाले भाउ बढाउन बाध्य भएको उद्यमीहरुको भनाइ छ । ‘यतिखेर मकै र भटमासको पिनामा […]

केराको आयात घटाउन भन्सार दर बढाईने

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात घटाउन भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए । दश जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग बिजकीकरणालाई हेरेर भारतबाट […]

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

इलाम। इलाममा चियाखेती शुरु भएको २ सय वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा […]

प्रतिवन्धित बिषादी आयात र प्रयोग गरे दुई लाख जरिवाना र एक बर्ष कैद

ललितपुर। प्रतिबन्धित विषादी बिक्रीबितरण गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ। यसका लागि सरकारले ऐन ल्याउन लागेको छ। जीवनाशक विषादी व्यवस्थापन ऐनमार्फत प्रतिबन्धित विषादी बिक्रीबितरण गर्ने व्यवसायी, आयातकर्ता, भण्डारणकर्ता र उत्पादनकर्तालाई ५० हजारदेखि दुई लाख रुपैयाँसम्मको आर्थिक जरिवानासँगै एक वर्षको कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ। उपभोक्ता र किसानको स्वास्थ्यलाई ख्याल गर्दै […]

बन्द भए किसान कल सेन्टर

बुटवल। निकै तामझामका साथ जिल्ला–जिल्लामा सुरु गरिएको ‘किसान कल सेन्टर’ बन्द भएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, कृषि व्यवस्थापन सूचना प्रणाली काठमाडौंको समन्वयमा देशभरका तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरुमा किसान कल सेन्टर स्थापना भएको थियो । किसानले फोन गर्दा पैसा नलाग्ने, फोनमार्फत नै किसानले जिज्ञासा मेट्न सकिने गरी ल्याइएको योजना […]

खाडीको रोजगारीपछि पशुपालनमा

कास्की। कास्कीको माछापुछ्रे गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुगे। शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उहाँले अहिले पशुपालन पेशामा आकर्षित भएका छन्। बिस वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि बिदेशिएका उनी स्वदेश फर्केर आएपछि भैँसी फार्म खोलेर पशुपालनमा आकर्षित भएका हुन्। “खाडी मुलुक कतार, मलेसिया र कुवेतमा गरी २५ वर्ष काम गर्दा पनि जीविकोपार्जनमा […]

बाँकेमा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती

बाँके। जिल्लामा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् । गत आर्थिक वर्षदेखि यहाँ कुरिलो खेतीको शुरुआत गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको तीन सामुदायिक वनमा कुरिलो खेती शुरु गरिएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो । राप्ती सोनारीको […]