समाचार

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल

गलेश्वर। कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले खेतीयोग्य जमीनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि किसानलाई तालीम तथा अनुदानको सुविधासहित गत वर्ष प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको हो । […]

वार्षिक पाँच अर्बको हाइब्रिड बीउ आयात

काठमाडौं। पछिल्लो समयमा कृषि व्यवसाय खेती बढ्नुका साथै हाइब्रिड बीउ बिजनको आयात बढ्दै गएको छ । पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारबाट नेपालमा ५ अर्ब रुपैयाँ बराबरको हाइब्रिड बीउबिजन आयात भएको छ । यो चार वटा बालीको मात्र हो । नेपालमा अन्तर्राष्ट्रिय बजारबाट धान, मकै, तरकारी र तेल बालीको हाइब्रिड बीउ आयात हुने गरेको छ । पछिल्लो […]

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि आवेदन भर्न आव्हान

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अघिल्लो बर्षझै यस बर्ष पनि राष्ट्रपति उकृष्ट कृषक पुरस्कारकालागि निवेदन आव्हान गरेको छ । विगत बर्षहरुमा भन्दा झण्डै दोब्बर राषिको यो प्रोत्साहन पुरस्कारका लागि किसानले प्रतिष्पर्धाकालागि निवेदन पेश गर्नुपर्ने हुन्छ । अहिले खुलाईएको आवेदन आर्थिक वर्ष २०७५/७६ को लागि हो । यस बर्षदेखि संरचनागत ढाचा परिवर्तन भएको कारण कृषि […]

बैदेशिक रोजगारीको असर कृषि क्षेत्रमा देखियो : मन्त्री खनाल

काभ्रे । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले युवा जनशक्ति विदेशिँदा नेपालको उर्वर भूमि बाँझो हुन पुगेको बताएका छन् । दुई जिल्लामा गरिएको अध्ययनबाट कुल जमिनको ४२ प्रतिशत जमिन बाँझो देखिएको भन्दै त्यसको मुख्य कारण बैदेशिक रोजगारी रहेको मन्त्री खनालको भनाई छ । काभ्रेको पात्लेखोलामा रामबहादुर गौतमले सञ्चालन गरेको गाई र तरकारी फामको अवलोकन […]

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने

अत्तरिया। राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपूर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा बसेका चार सय र […]

मौरीपालक किसानको गुनासोः दोषी पहिचान र क्षतिपूर्ति दुवै भएन

घोराही। गत कात्तिक ६ गते घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा ४४ घार मौरीमा एकै पटक विष हालेर मारियो । किसानले ठूलो लगानी र मेहनत गरेर पालेको मौरीमा एकै पटक विषादी पर्दा मौरीपालक किसान चिन्तित भए । दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको मागसँगै किसानले जिल्ला प्रहरी, घोराही उपमहानगरपालिका र पाँच नं प्रदेश कार्यालयमा समेत निवेदन दिए । तर, […]

खाद्य संस्थानको चामल बिक्रीमा अनियमितता

बाजुरा। नेपाल खाद्य संस्थानबाट बिक्री हुँदै आएको खाद्यान्न संस्थानबाट ढुवानी अनुदानको चामल बिक्री वितरणमा अनियमितता भएको पाइएको छ । हिमाली गाउँपालिकाको खाद्यान्न कवाडी डिपो र धुलाचौरको अस्थायी बिक्री केन्द्रबाट ठेकेदारले सर्वसाधारणलाई मनोमानी रूपमा चामल बिक्री वितरण गरेको खुलासा भएको छ । खाद्य संस्थानले बिक्री वितरण गर्दै आएको सोना मसिनो चामल ३० किलोको डिपोबाट सर्वसाधारणलाई रु. […]

मंसिर भित्रै पेन किलर ल्याउँदै नेपाल औषधी, अरु भन्दा २ रुपैंयाँ सस्तो

काठमाडौं। नेपाल औषधी लिमिटेडले पेन किलर उत्पादन थाल्ने भएको छ । सिटा प्लस नाम दिईएको पेन किलरले दुखाई कम गर्नेछ । यस अघि नेपाल औषधि लिमिटेडले सिटामोल, जीवनजल र ग्लिसिरिन उत्पादन गर्दै आइरहेको थियो । यही महिनादेखि बजारमा उपलब्ध हुने औषधि ज्वरो, दुखाई र सुन्निएको अवस्थामा प्रयोग गर्न सकिन्छ । ‘सिटा प्लस’ उत्पादनका लागि मूल्य […]

कृषि ज्ञानकेन्द्रमा न काम छ न तलब नै, हाजिर गरेर घर फर्कन्छन् कर्मचारी

ललितपुर। प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रका लागि सरकारले कार्यक्रम र बजेटको व्यवस्था नगर्दा त्यहाँ कार्यरत कर्मचारी अन्योलमा रहेको छ । कार्यक्रम र बजेटअख्तियारी नआएकै कारण काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हेर्ने गरी काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना भएको कृषि ज्ञानकेन्द्र यतिबेला सुनसान रहेको छ । कार्यालयको संरचनाअनुसार कार्यालय प्रमुखसहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा करीब दुई हप्तादेखि […]

जुम्लाबाट १७ करोडको स्याउ निर्यात

जुम्ला। जुम्लामा यस वर्ष रू. १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रू. १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भएकामा दुई हजार ३०० टन स्याउ निर्यात भइसकेको छ । आठ […]