समाचार

तनहुँ जिल्लामा २५ करोड बराबरको सुन्तला उत्पादन

तनहुँ। तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु […]

एक वर्षभित्र मुक्तकमैयाको व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

बाँके। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने बताएकी छन्। भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तर्किया कार्यक्रममा उनले भनिन्, शक्तिशाली आयोग गठन गरी एक वर्षभित्रमा मुक्तकमैयाको समस्या समाधान गर्छौं। मन्त्री अर्यालले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने र खण्डीकृत जग्गालाई एकीकृत गरी भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताइन्। […]

कृषि विश्वविद्यालयले थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने

भरतपुर। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले यही शैक्षिक सत्रमा थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ । उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा आंगिक क्याम्पस सञ्चालनको तयारी गरेको उक्त विश्वविद्यालयले जनाएको हो । उदयपुरको कटारीमा वन सङ्कायको कार्यक्रम र महोत्तरीको बर्दिवासमा कृषि सङ्कायको कार्यक्रम सञ्चालनका लागि विद्यार्थी भर्ना आह्वान गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. […]

बगर खेती गर्नेलाई अनुदान

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा त्यसैखेर गइरहेका बगर क्षेत्रका जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्ने किसानलाई रु एक लाख बराबरको अनुदान प्रदान गर्ने भएको छ । नगर प्रमुख घनश्याम पाण्डेले बगरमा व्यावसायिक तरकारी गर्ने किसानलाई प्राविधिक उपकरण, डिप–बोरिङ, बीउमा सो रकम खर्च गरिने बताएका छन् । उनले ३० कठ्ठासम्ममा बगरखेती गर्नेलाई रु एक लाख […]

सुनकोशीको पानीले तराईका एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गरिन्छ – मन्त्री पुन

गौर। ऊर्जा जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले सुनकोशीको पानीले तराई क्षेत्रमा सिँचाइ गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् । नारायणी नहर, बकैया र वाग्मती बाँध, पतौरा शवस्टेशन तथा मौलापुर विद्युत् शाखाको निरीक्षण पछि रौतहट कटहरियामा आज आयोजित जनसभामा उनले भने, सुनकोशीको पानीले तराईका एक लाख २२ हजार हेक्टर जग्गामा सिँचाइ गर्ने योजना सरकारले […]

उत्पादन बढाउन निःशुल्क माटो परीक्षण

झापा। अर्जुनधारा नगरपालिकामा रहेका ११ वटै वडाको माटो सङ्कलन गरी निःशुल्क परीक्षण गरिएको छ । नगरले माटोमा उत्पादन क्षमता कम हुँदै गएको हुँदा अन्नबाली उत्पादनमा ह्रास आउन थालेपछि आज शिविर नै सञ्चालन गरेर माटोको नमूना परीक्षण गरेको हो । नगरको कृषि विकास शाखाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा माटो परीक्षण […]

आधुनिक कृषि बजार निर्माण गर्दै एनआरएनए

ललितपुर। गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । एनआरएनका उपाध्यक्ष कुलदीप आचार्यको नेतृत्वमा आएको टोलीले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवलाई मन्त्रालयमा भेटेर जग्गा उपलब्ध गराइदिन आग्रह गरेको हो । एनआरएनले काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौं बाहिर कलेक्सन […]

दुग्धजन्य पदार्थको स्वच्छताका लागि निर्देशिका जारी, सरसफाइमा ध्यान नदिनेलाई कारबाही हुने

ललितपुर। सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको हो । निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ । निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता […]

कृषि विश्वविद्यालय ६ महिनादेखि ठप्प

ललितपुर। निजी कलेजलाई दिइएको सम्बन्धन खारेज गर्न माग गर्दै विद्यार्थी र प्राध्यापकले थालेको आन्दोलनका कारण चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ६ महिनादेखि पठनपाठन ठप्प छ । गत असारदेखि आन्दोलनरत उनीहरूले काठमाडौं आएर दबाबमूलक कार्यक्रम सुरु गरेका छन् । विश्वविद्यालय कार्यकारी परिषद्ले असार २० गते सातवटा कृषि र एउटा वन विज्ञान विषयमा स्नातक तहका […]

नेपाली अर्गेली जापान निर्यात

फिदिम। जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । पाँचथरको फालेलुङको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको अगुवाइमा उत्पादित अर्गेली गत वर्षबाट जापान निर्यात हुन थालेको हो । जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने […]