एजेनसी। बिश्वभर अण्डाको बिषयमा दुई थरीको धारणा छ, पहिलो अण्डा मांसाहारी हो । दोश्रो अण्डा साकाहारी हो ।

यो बिषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । एकातिर विवाद छ भने अर्को तर्फ माछा, मासु नखाने साकाहारीको हकमा पहिलो पटक साकाहारी अण्डाको विकास गरिएको हो ।

भारतले यस्तो कुखुरीको विकास गरेको जसले साकाहारी मानिसको भूख मात्रै होइन, साकाहारी व्यक्तिको भूखको उपचार पनि गर्न सक्छ । बजारमा निकट समयमै यस्तो आयुर्वेदिक अण्डा आउने भएको छ, यो अण्डा साकाहारी व्यक्तिको लागि वरदान सावित हुनेछ ।

भारतस्थित मेरठको सरदार वल्लभ भाई पटेल कृषि विश्व विद्यालयले यस्तै अण्डाको बिषयमा अहिले अनुसन्धान गरिरहेको छ । यो अण्डाले पेट भर्नुका साथै स्वास्थ्यको पनि खयाल गर्नेछ ।

मेरठ सरदार वल्लभ भाई पटेल कृषि विश्व विद्यालयका बैज्ञानिकहरु गुलाफी रंगको आयुर्वेदिक अण्डा उत्पादन गर्न जुटेका छन् । सामान्य अवस्थामा अण्डाको रंग सेतो हुन्छ ।

कसरी हुन्छ यो अण्डा आयुर्वेदिक :
विश्वविद्यालयको कुक्कुट अनुसन्धान र प्रशिक्षण केन्द्रका प्रमुख डाँक्टर डीके सिंहकाअनुसार अण्डा उत्पादन गर्ने कुखुरीलाई आयुर्वेदमा आधारित जडिबुटी मात्रै खान दिइन्छ ।

मूल्य कति पर्छ ?
प्राप्त जानकारीअनुसार यो अण्डाको भारतीय मूल्य २४ रुपैयाँसम्म एक गोटालाई पर्न सक्छ । तर उक्त विश्वविद्यालयको ह्याचरीमा त्यो अण्डाको मूल्य भने १५ रुपैयाँ भारतीय रुपैयाँ पर्छ । डाँक्टर सिंहकाअनुसार उक्त अण्डामा ओमेगा ३ फैटी एसिड भन्ने तत्व उपलब्ध हुनेछ । जुन तत्व माछामा पाइन्छ । यो अण्डाको प्रयोग गरी एनीमिया र कुपोषणजस्ता रोगबाट जोगाउनुका साथै मस्तिष्क र मुटुरोगीलाई पनि लाभकारी मानिनेछ ।