समाचार

बर्डफ्लु भित्रिन नदिन सतर्कता बढाइयो, बर्डफ्लु रोग निगरानी टोली गठन

दमौली। छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमणले कुखुरा मर्न थालेपछि तनहुँ जिल्लामा सतर्कता बढाइएको छ। कास्की, चितवनलगायत जिल्लामा कुखुरामा एचफाइभ एचनाइन नामक फ्लुको सङ्क्रमणबाट कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा सुरक्षा सतर्कता बढाएको हो । केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार पक्षी तथा पक्षीजन्य सामग्री बाह्य जिल्लाबाट तनहुँ भित्रिँदा पूर्वमा आँबुखैरेनी र […]

निशुल्क कृषि तथा पशुपन्छीं सम्बन्धी तालिम चाहियो ? आवेदन दिनुहोस्

पोखरा। प्रदेशको कृषि नीति ड्राफ्ट गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले विगतको परम्परागत तालिममुखी प्रणालीलाई परिवर्तन गरी किसानबाट नै प्रस्ताव आह्वान गरी कृषि सम्बन्धी विभिन्न विषयमा तालिम प्रदान गर्ने भएको छ । विगतका बर्षहरूमा केन्द्रीय सरकारले तत्कालिन जिल्ला कृषि विकास कार्यालय मार्फत निश्चित कोटा निर्धारण गरी विभिन्न तालिममा सहभागी हुन किसानबाट प्रस्ताव आह्वान […]

मेघगर्जनसहित पानी पर्ने सम्भावना

ललितपुर। देशभर आज (आइतबार) पनि मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद शुवास रिमालले देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना देखिएको जानकारी दिए । उनले देशभर मौसममा बदली भएकाले प्राय सबै क्षेत्रमा पानी पर्न सक्ने बताए । उच्च पहाडी […]

यार्सागुम्बा बिक्री नहुँदा व्यापारी समस्यामा

दार्चुला। दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न धौधौ भएको छ । एकातिर […]

दाङमा व्यावसायिक ड्रागन फल खेती

दाङ । दाङको लमही नगरपालिका–१, कोडिया निवासी बसन्तकुमार शर्माले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती थालेका छन् । केही वर्षपहिले काठमाडौंबाट ड्रागनका ३ ओटा बिरुवा ल्याएर रोपेका शर्माले अहिले ६ कठ्ठा जग्गामा १ हजार बिरुवा लगाएर व्यावसायिक खेती गरेका हुन् । काठमाडौंस्थित बहुआयामिक कृषि उत्पादन तथा वितरण प्रालिको शाखा विस्तारको रूपमा दाङमा शाखाको रूपमा सञ्चालन गरिएको […]

विधेयक संशोधन नभए लगानी डुब्ने व्यवसायीको चिन्ता

ललितपुर। अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न तयार भएको विधेयकको विरोध हुन थालेको छ। दूध, माछा र माहुरीपालनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको योजनाको विरोध हुन थालेको हो। गत आइतबारबाट प्रतिनिधिसभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सैद्धान्तिक छलफलकै क्रममा सरोकारवाला निकायले विरोध गर्न थालेका हुन्। काठमाडौँमा आज आयोजना गरिएको सरोकारवालाको छलफलमा […]

चीनबाट ३ लाखसम्म पर्ने ४ हजार गाई ल्याइँदै

हेटौंडा। प्रदेश नं ३ को ग्रामीण क्षेत्रको आर्थिक विकास तथा गरिबी निवारण गर्ने उद्देश्यले प्रदेश नं ३ सरकार र चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच प्रदेशको दुग्ध विकासका लागि सहकार्य गर्नेगरी सम्झौता भएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा […]

रुकुम (पूर्व) का पचहत्तर हेक्टर जमीनमा ओखर खेती शुरु

रुकुम। रुकुम (पूर्व) मा ७५ हेक्टर क्षेत्रफलमा ओखर खेती शुरु गरिएको छ । जिल्लामा यसै वर्षबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ‘ओखर जोन’ कार्यक्रम लागू भएसँगै उक्त क्षेत्रफलमा ओखरखेती शुरु गरिएको परियोजनाका कार्यालय प्रमुख भीष्मराज रेग्मीले जानकारी दिए । तीन स्थानीय तह रहेको जिल्लामा ओखरखेतीका लागि पुथा उत्तरगङ्गाको ४०, सिस्नेको २० र भूमे गाउँपालिकाको […]

गण्डकी प्रदेश र चीनबीच गाइपालन सम्बन्धी सम्झौता

कास्की। नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सेस (सिएएस) इञ्जिनीयरिङ कम्पनीकाबीच सम्झौता भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख […]

पूर्वलडाकुको लोभलाग्दो कृषि उद्यम

दाङ। मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए । विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्र्यकर्ता हुँदै तामाङ जनमुक्ति सेनाको सदस्य बनेर युद्धमा होमिए । “समाज बदल्ने कुरा निकै कठिन कुरा रहेछ”, तामाङ भन्नुहुन्छ, “तर आफूलाई परिवर्तन गर्न केही हदसम्म सहज छ ।” […]