समाचार

नेपालमै बन्ने भयो बर्डफ्लु नियन्त्रणको भ्याक्सिन

काठमाडौं। नेपालमा कुखुरामा लाग्ने रोग बर्डफ्लु नियन्त्रणको भ्याक्सिन बन्ने भएको छ । व्यवसायिक घराना गोल्छा अग्रनाजेशनले बर्डफ्लु नियन्त्रणको भ्याक्सिन नेपालमा बनाउने घोषणा गरेको हो । गोल्छा अग्रनाइजेशन र भारतको हेस्टर बायोसाइसेन्स इन्डिया लिमिटेडको सयुक्त लगानीमा काभ्रेको नाला उग्रचण्डीम स्थापना भएको हेस्टर बायोसाइसेन्स नेपाल प्रालिले बर्डफ्लुको भ्याक्सिन बनाउने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली […]

असिना र वर्षाबाट क्षति हुने किसानलाई राहत दिन सांसदकाे माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । उनीहरूले मुलुकको शान्ति सुरक्षा, चिया मजदुरको न्यूनतम पारिश्रमिक, हालैको वर्षाबाट इँट्टा उद्योग र बालीनालीमा पुगेको क्षतिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसद लक्ष्मी परियारले मुलुकमा भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाले […]

खेतीयोग्य जमीन बाँझो भेटिए भूमिहीन परिवारलाई स्थानान्तरण गर्ने

बाजुरा। गौमुल गाउँपालिकाको चौथो गाउँसभाले खाली जमीनमा गाउँपालिकाभित्रका भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । बाँझो जमीनको व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकाभित्र पर्याप्त उपभोग गर्ने जमीन भएको र जमीन बाँझो राखेका जग्गाधनीलाई खेती गर्न प्रोत्साहित गर्ने तथा जग्गाधनीले नमाने बाँझो जमीनलाई स्थानीय सरकारको नाममा […]

पशु ढुवानी मापदण्ड लागू गर्न सर्वोच्चको आदेश

ललितपुर। सर्वोच्च अदालतले पशु ढुवानी गर्दा निर्दयी कार्य नगर्ने व्यवस्था गराई पशु ढुवानी मापदण्ड लागू गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमवार पशुलाई निर्दयी कार्य नगर्ने व्यवस्था गरी तत्काल पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्थालाई तत्काल लागू गर्नु-गराउन कृषि तथा पशुपन्छी मन्त्रालयलगायतका नाममा […]

दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान

भरतपुर। माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ। नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा तीन अनुदान दिन थालेको छ। अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ। उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको संख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले […]

बाँके र बर्दियाको दुई गाउँ स्मार्ट कृषि गाउँ

नेपालगन्ज। बाँके र बर्दियाको दुई गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने अभियानको आज शुभारभ्भ गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका १३ मा रहेको खड्कवार गाउँ र बर्दिया मधुवन नगरपालिका वडा नम्बर ८ ताराताल शिवनगरलाई स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो । बाँकेको खड्कवारमा बसन्ते मकै र तरकारी खेतीको लागी स्मार्ट बनाईने भएको छ भने बर्दियाको शिवनगरमा गाईभंैसी […]

२५ वर्षदेखि बाँझो जग्गामा सामूहिक खेती, वार्षिक २५ लाख आम्दानी

परशुराम। डडेल्धुराको गन्यापधुरा र अमरगढी नगरपालिकाका पाँच युवाले सामूहिक खेती गर्दै आएका छन् । पच्चीस वर्षदेखि बाँझो रहेको १०२ रोपनी जग्गा भाडामा लिई उनीहरुले एकै वर्षमा २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । स्थानीयवासी दत्तराज अवस्थी, रामचन्द्र जोशी, पदम अवस्थी, पदम ऐर र सीताराम जोशीले ‘भागेश्वर एग्रिकल्चर एण्ड लाइभस्टक’ स्थापना गरी सामूहिक रुपमा तरकारी खेती […]

कुखुरीले पार्नेछिन अब गुलाफी रंगको साकाहारी अण्डा

एजेनसी। बिश्वभर अण्डाको बिषयमा दुई थरीको धारणा छ, पहिलो अण्डा मांसाहारी हो । दोश्रो अण्डा साकाहारी हो । यो बिषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । एकातिर विवाद छ भने अर्को तर्फ माछा, मासु नखाने साकाहारीको हकमा पहिलो पटक साकाहारी अण्डाको विकास गरिएको हो । भारतले यस्तो कुखुरीको विकास गरेको जसले साकाहारी मानिसको भूख […]

नेपाल कृषि पत्रकार प्रतिष्ठानको अध्यक्षमा गोविन्द घिमिरे निर्विरोध

काठमाडौ। नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)को नयाँ कार्यसमिति चयन भएको छ । जोनाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा गोविन्दप्रसाद घिमिरे सहित १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा निमेष अधिकारी, महासचिवमा पवन श्रेष्ठ, सचिवमा सुमनराज पन्त, कोषाध्यक्षमा हरिप्रसाद शर्मा, सहकोषाध्यक्षमा सुविना केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजाराम कार्की, […]

पशु पालन गर्न अनुदानै अनुदान, ६ लाखदेखि २५ लाखसम्म

ललितपुर। प्रदेश नम्बर ३ को सरकारले पशुपालन गर्ने किसानका लागि अनुदानै अनुदानको घोषणा गरेको छ । प्रदेश नम्बर ३ अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत मंगलबार (२०७५ माघ २२ गते)सूचना प्रकाशित गरी किसानहरुलाई अनुदान उपलब्ध गराउने घोषणा गरेको हो । उक्त मन्त्रालयले गाई प्रवद्र्धन कार्यक्रम, बाख्रा प्रवद्र्धन कार्यक्रम, पाडापालन कार्यक्रम तथा उच्च प्रजनन् […]