समाचार

व्यावसायिक कुखुरा, बाख्रा वा गाई भैंसीं पालन गर्दै हुनुहुन्छ ? अनुदानको लागि आवेदन दिनुहोस !

ललितपुर । व्यावसायिक कुखुरा, बाख्रा तथा गाई भैंसीं पालन गर्ने युवाहरुको लागि प्रदेश नं २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहतको पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले अनुदानको लागि आवेदन माग गरेको छ । निर्देशनालयको आर्थिक वर्ष ०७५/७६ को स्वीकृत आर्थिक कार्यक्रम अनुशार विभिन्न कार्यक्रमको लागि प्रस्ताव आव्हान गरिएको हो । थप जानकारीको लागि : […]

सरकारी अवरोध नहटे आमरण अनशन बस्ने नेपाल पशुपंक्षीजन्य व्यवसायी संघको चेतावनी

ललितपुर। नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले २०७५ साल फागुन ३ गतेसम्म जे जसरी राँगा र भैंसीहरु ल्याएका हो त्यसैगरि ल्याउन पाउनुपर्ने माग गरेको छ । सरकारले आफूहरुको व्यवसायमा अवरोध नहटाए आमरण अनशनसम्म बस्ने संघले चेतावनी दिएको छ । बिहीबार काठमाडोंमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो । ऐन तथा कानून परिवर्तन गर्दा सरोकारवाला पक्षहरुसँगको […]

भोगचलन गर्दै आएको जग्गा आफ्नो भएपछि

परासी। पश्चिम नवलपरासीस्थित नापी कार्यालयले गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिक अहिले जग्गाधनी पुर्जा पाउन थालेपछि खुशी भएका छन् । विसं २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ […]

गाईपालनबाटै सफल उद्यमी बनेका बुढाथोकी

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका ८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल भएका छन् । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकी अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाएका छन् । आफ्नो परिवार मात्र नभएर उनले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिएका छन् । बुढाथोकी पशुपालन पेशाबाट […]

विक्री नभएको दूध अब ‘मिल्क होली डे’मा

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित विराटनगर महानगरपालिकासँगको साझेदारीमा पशु बधशाला निर्माण-सुधार तथा दुग्ध सहकारी संस्था र डेरी उद्यमीसँगको साझेदारीमा मिल्क पाउडर प्लान्ट स्थापना कार्यक्रम सञ्चालनका लागि भएको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा […]

गर्ने हैन अलैंचीको बीमा

ललितपुर। बीमा समितिले अलैंची खेतीलाई पनि बीमामा समेटिएको छ । अलैंची को बीमा गर्न न्यूनतम ३०० बोट (गाँजा) हुनु पर्ने बीमा समितिले जनाएको छ । यस्तोे बीमा बिरुवा रोपिएको वर्षदेखि १६ वर्षसम्म गर्न सकिन्छ । किसानका अनुसार अलैंचीले बढीमा लगाएको ३६ वर्षसम्म उत्पादन दिन सक्छ । यही उत्पादन अवस्थालाई हेरेर बढीमा १६ वर्षसम्म बीमा गर्न पाउने […]

६२ कृषक अनुदानका लागि छनोट, योजनाका आधारमा ५०% सम्म रकम पाउने

गोरखा। गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । अनुदान छनोटमा […]

कुखुराको ‘स्ट्यान्डर्ड’ तौलको विरुद्धमा कुखुरापालक किसान

ललितपुर। दाना उद्योग र ह्याचरी उद्योगीहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई दादागिरी देखाउने खोजेको भन्दै त्यसका विरुद्ध कुखुरापालन किसान उत्रिएका छन् । दाना उद्योगहरुको संस्था दाना उद्योग संघका अध्यक्ष, चल्ला उद्योगीहरुको ह्याचरी संघ र किसानहरुले उत्पादन गरिदिएको कुखुरा विक्री गर्दै आईरहेका व्यापारीहरुको संस्था राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले कुखुरा पालक किसानहरुसँग छलफल नै नगरी दादागिरी […]

प्रभावकारी बन्दैं तेलहनबाली जोन कार्यक्रम

भजनी। कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समुदायस्तरमा प्रभावकारी बन्दै गएको छ । कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको केही वडामा सञ्चालन भइरहेको सो परियोजनाको तेलहनबाली एकाइ जोनबाट किसानले लाभ लिइरहेका छन् । तेलहनबाली जोनअन्तर्गत तोरी र सूर्यमुखीको तेलहन खेतीमा परियोजनाले सहयोग गरिरहेको छ । परियोजना शाखा प्रमुख टीकेन्द्र कुस्मीले एक हजार […]

वन्यजन्तुले अन्नबाली नष्ट गरेपछि कृषक चिन्तित

बनेपा। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै आएको पेशा नै छाडिदिएको बताए । वार्षिक रु दुई लाखदेखि चार लाखसम्म अवस्थाअनुसार आम्दानी गर्दै आएका उनले त्यसरी वन्यजन्तुले सखाप पारेर दुःख दिन थालेपछि अहिले जग्गा नै बाँझो राखेको बताए […]