समाचार

वाली तथा पशुपंक्षी विमा गर्ने कम्पनी र सम्पर्क नम्बर

ललितपुर। खाद्यान्न र पशुपक्षीको विमा गर्ने कम्पनी, जिल्ला र सम्पर्क नम्बर नपाएर हैरान हुनुभएको छ ? त्यसो हो भने अब हैरान हुनुपर्दैन । तपाईको जिल्लामा कुन कम्पनी पर्यो र सम्पर्क नम्बर कति हो, हामीले सुविधाका लागि यहाँ प्रस्तुत गरेका छौं । १. नेपाल इन्सुरेन्स कम्पनी लि. कमलादी, काठमाडौ ०१–४२४५५६५ जिल्लाहरु : दार्चुला, वैतडी, डडेलधुरा, कञ्चनपुर […]

अण्डाको मूल्य वृद्धि

ललितपुर। नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले असार १४ गतेबाट लागू हुनेगरी ठुलो अण्डामा हालको मूल्यमा २७ प्रतिशत र मिडियम अण्डामा ४७ प्रतिशत मूल्य वृद्धि गरेको जनाएको छ । शुक्रबार साझ भरतपुरमा पत्रकार भेटघाटमा सङ्घका अध्यक्ष त्रिलोचन कंडेलले किसानले पाउने मूल्य ठुलो अण्डाको प्रति क्रेट २५५ र मिडियम अण्डाको प्रतिक्रेट  […]

सक्कलीभन्दा नक्कली किसानको बिगबिगी : कृषि मन्त्री मगर

लमजुङ। गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताएका छन् । बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा […]

प्राथमिकतामा कृषि, किसानको सधैं गुनासो

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेटमा कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ। उसो त चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषिलाई नै मुख्य प्राथमिकतामा राखिएको थियो। तर, आगामी आवको बजेटमा चालू आवको भन्दा कृषि क्षेत्रको बजेट दोब्बर बनाइएको छ। कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने […]

चिया परीक्षण केन्द्र निर्माण हुने

इलाम। चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पाँच करोड रुपैयाँ विनियोजन […]

१६ औं राष्ट्रिय धान दिवस बर्दियामा

ललितपुर। सरकारले यस बर्ष धान दिवस तथा रोपाई दिवसको मूल कार्यक्रम बर्दियामा गर्ने भएको छ । कृषि विभाग अन्र्तगत गठित १६ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरी यसबर्षको धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो । यस बर्षको धानदिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका ८ […]

दूधको अनुदानमा चार गुणा वृद्धि

चितवन। भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर रु एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिनुभयो । कृषकलाई दुग्ध उत्पादनतर्फ अभिप्रेरित गर्न […]

किसानलाई अनुदानमा कृषि उपकरण

बैतडी। बैतडीको पाटन नगरपालिका वडा नं ६ को कार्यालयले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । वडामा रहेका सात कृषि समूहलाई मागको आधारमा अनुदानमा कृषि उपकरण वितरण गरिएको वडाध्यक्ष राजेन्द्रसिंह विष्टले बताए । ५१ प्रतिशत अनुदानमा धान तथा गहुँ चुट्ने मेसिन थ्रेसर र हातेट्र्याक्टर वितरण गरिएको उनले भने । किसानको समय बचत होस् […]

मकवानपुर बर्डफ्लू संकटग्रस्त फुकुवा

हेटौंडा। मकवानपुर जिल्लालाई बर्डफ्लू रोग संकटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको छ । बर्डफ्लूका कारण हेटौंडा–७, ६ र १६ नम्बर वडाका विभिन्न स्थानमा गरी दुईलाख ८९ हजार कुखुरा मरेका थिए भने ६८ हजार कुखुरा मारिएको थियो । यो संगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागले हेटौंडा–७ नागस्वती क्षेत्रलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरेको […]

अध्यक्ष रोजगार कार्यक्रम संचालन गर्दै कोन्ज्योसोम

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार पाँचौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गोपी सिङ्तानले कृषि, पर्यटन, जनशक्ति विकास र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नीति तथा कार्यक्रम केन्द्रीत रहेको जानकारी दिए । यसका साथै गाँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम पनि संचालन गर्ने भएको छ […]