ललितपुर। नेपाल टि एशोसियनको प्रथम महाधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न उक्त महाधिवेशनमा कमलराज मैनालीको अध्यक्षतामा १७ सदस्यीय केन्दिय समिति चयन भएको हो ।

सो संख्या मध्येमा १५ जना निवार्चित र २ जना मनोनित भएका हुन् । महासचिवमा केदारमणी पौडेल चयन भएका छन् । सचिवमा नविन महर्जन तथा कोषाध्यक्षमा चिरन्जिवी दाहाल चयन भएका छन् । यसैगरी,कार्यक्रमको प्रमुख अतिथिको रुपमा पर्वत आरोही पि।के शेर्पा रहेका थिए ।

नेपाली चियाको प्रवद्र्धन र विकास गर्दै सम्पूर्ण व्यवसायीहरुको हक हित र अधिकार रक्षा गर्ने उद्देश्यले चिया व्यवसायमा संलग्न सरोकारवालाहरुको साझा संगठन नेपाल टि एशोसियसनको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।