समाचार

पाइपलाइनबाट गोबरग्यास वितरण गरिदैं

चितवन। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारसमेत गरिसकिएको छ । त्यहाँ उत्पादित […]

स्याङ्जालाई कागती जोन बनाईने

ललितपुर। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लालाई कागती जोन बनाउने बताउनुभएको छ । शनिबार स्याङ्जाको वालिङ, १४ तमादीमा नमुना कृषि विकास (कागती) कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषिको माध्यमबाट नै मुलकको समृद्धि हुने भन्दै स्याङ्जा जिल्लालाई कागति जोन बनाउने बताउनुभएको हो । आज जुन कामको थालनी गरेका छौं, मन्त्री अर्यालले […]

विदेशबाट फर्किएर कुखुरापालन

भोजपुर। जिल्लामा पछिल्लो समय युवामा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण बनेका छन् भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करिब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् । शुरुमा बोइलर जातको […]

बर्दिवास नगरपालिकाले सुरु ग¥यो ‘मेयर कृषि कार्यक्रम’

बर्दिवास। महोत्तरीको बर्दिवास नगरपालिकाले ‘मेयर कृषि कार्यक्रम’को महत्वाकाङ्क्षी योजना अघि सारेको छ । बर्दिवास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा कृषि कार्यक्रमको योजनामा काम थालिएको नगरले जनाएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को नगरसभाबाट नै पारित यो योजनाभित्र हरितगृह, अन्नबाली तथा तरकारी खेती, फसल बिक्री तथा प्रदर्शन, बागवानी, चिस्यान केन्द्र (शीतभण्डार), माछापालन पोखरी […]

अव आँप पनि सुगर फ्री

एजेन्सी। मधुमेह बिरामीको लागि अव बजारमा सुगर फ्री आँप आउने भएको छ । भारतको राजकिय उद्यान प्रशिक्षण एवं परीषण केन्द्र (आलु फार्म ) काशीपुरमा सुगर फ्री आँपको सफल परिक्षण गरएको हो । सुगर फ्री आँपका प्रजाती पूसा र लालिमाको विरुवा अहिले तयार भैरहेको उक्त केन्द्रले जनाएको छ । उद्यान विभागका उप निर्देशक डा. बृजेश गुप्ताका […]

बिषादी जाँचने प्रक्रिया रोकिन्न : कृषि मन्त्री खनाल

चितवन। कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल ‘वलदेव’ले बिषादी जाँच कसैले रोकेर नरोकिने बताएका छन् । चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसियसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले भने, ‘भारत भन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो त । तर हरेक नाकामा अनिवार्य चेक गर्नु […]

नेपालमै नयाँ जातको गाईको विकास

चितवन। हिमालको लुलु गाईले यहाँको गर्मी सहन सक्ने भएसँगै वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । रामपुरको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा ल्याएका आठ गाईमध्ये तीन वटा गाई ब्याइसकेका छन् । ती गाईले यहाँको तापक्रममा पनि हिमालकै जति दूध दिन सकेका छन् भने त्यहाँको भन्दा बढी मोटाएका छन् । अनुसन्धान कार्यक्रमका वरिष्ठ […]

एक वर्षमैं चार अर्बको अलैँची निर्यात

ललितपुर। नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए। अधिकांश अलैँची नेपालको पूर्वी […]

तरकारी तथा पलफूलको बीउ अव एटीएमबाटै

ललितपुर। अव नेपालमै पहिलो पटक तरकारी तथा फलफूलको बीउ एटीएमबाट खरिद गर्न सकिने भएको छ । सक्कल एग्रो एण्ड सिड ट्रेर्डसले ललितपुर महानगरको प्रांगणमा तरकारी तथा फलफूलको बीउ एटीएम राखेसंगैं किसानलाई चाहिएको बीउ पैसा राखी खरिद गर्न सकिने भएको हो । परिक्षणको लागि राखिएको उक्त एटीएमले सहज रुपमै काम गर्न थालेपछि अन्य स्थानमा पनि यसको […]

टिमुरको बढ्दो माग, व्यावसायिक खेतीमा किसान

बेझाड। जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ । जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । निस्दी गाउँपालिकाको अर्चले, रिब्दिकोट गाउँपालिकाको ठिमुरे र रैनादेवी छहरा गाउँपालिकाको सत्यवती क्षेत्रलाई पकेट क्षेत्रका रुपमा छनौट गरी कृषकले समूहमा […]