समाचार

कृषि प्राविधिकमा जागीर खाने हैन

ललितपुर। सरकारले कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ देशव्यापी रुपमा कृषि प्राविधिकलाई नियुक्ती गर्ने अभियान सञ्चालन गरेको छ । संघीय सरकारले सो अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बेलामा प्रदेश सरकार भने अग्रंपक्तीमा देखिएको छ । प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ७० जना कृषि प्राविधिक नियुक्ती गरी प्रदेश नम्बर १ लाई कृषिमा […]

कर र कानुनी झन्झटले देशभरका कपास उद्योग सङ्कटमा

भक्तपुर । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग सङ्कटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आज आयोजना गरिएको नेपाल कपास व्यवसायी सङ्घको प्रथम साधारणसभामा फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा व्यवसाय नै धरापमा परेको उद्योगीले बताएका हुन् । तीन तहका सरकारले कर लगाउने र दर्ताबिना नै घुम्ती सेवा दिने उद्योग मनपरी […]

मासु र दूध उत्पादन वृद्धि

ललितपुर। प्रदेश नं ३ ले मासु र दूध उत्पादनमा उल्लेख्य प्रगति गरेको छ । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा दूध र मासु उत्पादनको दर निकै बढेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ […]

किसानसँग लाखौं उठाएर फरार भयो एसोसियसन अफ एग्रिकल्चर नेपाल

भोजपुर। फलफूलका विरुवा तथा सहुलियतमा अनुदान दिने भन्दै भोजपुरका १३ सय किसानसँग लाखौं रकम उठाएको एसोसियसन अफ एग्रिकल्चर नेपालले फरार भएको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने भन्दै संस्थाले कृषकसँग १९ लाख ८ हजार रूपैयाँभन्दा बढी रकम उठाएर संस्था नै सम्पर्कविहीन भएको हो । एग्रिकल्चरले कृषकलाई उन्नत जातका विरुवा र तरकारीको बीउबिजन सहयोग गर्ने […]

धुलो दूधको आयात प्रतिबन्ध कुनै हालतमा नहटाउने कृषि मन्त्रीको अडान

ललितपुर। सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा शुक्रवार निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पारे । बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उनले केही […]

नेपालमै भेटियो क्यान्सर लगाउने प्लास्टिकको चामल !भारतीय ब्रान्ड प्रयोग नगर्न आग्रह

ललितपुर। भारतीय जीराशक्ति, रिपुराज र सोनाशक्ति चामल प्लास्टिकको भएको पुष्टि भएको छ । वीरगञ्ज मा प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको […]

लोप हुँदैं पुराना पानीघट्ट, हराउँदैं स्थानीय स्वाद

रुकुमपूर्व। रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताए । रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले बताए […]

अव रासायनिक मल विक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

ललितपुर। सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको यसअघिका बैठकमा कृषि […]

कृषकलाई चार तहमा वर्गीकरण गरिदैं

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताउनुभयो । कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको […]

अव आलु खेती गर्नेलाई पनि अनुदान

दमौली। तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पनि कृषकलाई बीउ खरीदमा अनुदान दिइएकोमा उक्त अनुदान रकमलाई चालू आव ०७६÷७७ मा पनि निरन्तरता दिइएको जानकारी दिनुभयो । आलुखेतीका लागि कृषकलाई अनुदान वितरण गर्न गाउँपालिकाले यो वर्ष […]