समाचार

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेती लगाउन थालेका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाएका हुन् । करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उनले […]

व्यासमा भूमिहीनको तथ्याङ्क सङ्कलन

तनहुँ। तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिएको छ । एक महिनामा व्यास नगरपालिकाका छ हजार ८७२ को तथ्याङ्क सङ्कलन गरिएको हो । नगरपालिकाका १४ वटै वडाका ७३० भूमिहीन दलित, ४९७ भूमिहीन सुकुम्वासी र छ हजार १४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक एकाइका प्रमुख […]

लिने हैन बेमौसमी तरकारी खेती सम्बन्धी निःशुल्क तालिम

ललितपुर। टीकापुर पोलिटेक्निक इन्स्टिच्युट टिकापुरले बेमौसमी तरकारी उत्पादन गर्नका लागि निःशुल्क तालिम प्रदान गर्ने भएको छ । यसका लागि इन्स्टिच्युटले सहभागी हुन ईच्छुक व्यक्तिलाई आवेदन दिन अनुरोध गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सक्षमता परियोजना सानोठिमी भक्तपुर र टीकापुर पोलिटेक्निक इन्स्टिच्युट बीच भएको सम्झौता अनुसार छोटो अवधिको लागि आवासीय सुविधा (खान तथा बस्ने […]

एक सय २५ कृषकलाई एक लाखका दरले पुरस्कार

पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले तय गरेको मापदण्ड पूरा गरेका धान र मकै उत्पादक कृषकलाई बिहीबार आयोजित गाउँपालिकाको नवौँ गाउँसभाको अवसरमा रु एक लाख पुरस्कारले पुरस्कृत गरिएको हो । गाउँपालिकाको ‘कोरोना सङ्क्रमणबाट उत्पन्न परिस्थितिमा कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार […]

स्याउ उत्पादनमा गिरावट

जुम्ला। जिल्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष रु. १९ करोड बराबरको स्याउ जिल्लाबाहिर गएको छ । गत वर्ष यहाँबाट रु. […]

गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

सर्लाही। खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । “सेतो अण्डाले बजार विगा¥योे । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन”, अण्डा व्यावसायी सुभाष तिमल्सिनाले भने, […]

कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

चितवन। निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन्। पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पोरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने […]

मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिनेछ : कृषिमन्त्री

ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताउनुभयो । उहाँले अब मल आपूर्ति अनुमानमा नभई तथ्य र आवश्यकताका आधारमा गरिनेसमेत स्पष्ट पार्नुभयो । “मलको आपूर्ति अनुमानका आधारमा होइन, […]

टर्कीबाट ल्याइएका ओखरको बिरुवा कृषकलाई वितरण

रुकुम (पूर्व)। रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा […]

‘उखु नमूना गाउँ’ कार्यक्रमबाट ४०० किसान लाभान्वित

महेन्द्रनगर। कञ्चनपुरको दक्षिण क्षेत्रका ४०० घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । यहाँको कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि यहाँको बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुर्नबास नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । “छनोट गरिएका पालिकामा एउटा पालिकामा १०० घरधुरी किसान […]