समाचार

जहाँ हलो त्यहाँ भलो

गण्डकी। नवीनतम् प्रविधिसँगै कृषि क्षेत्रमा आधुनिक औजारको प्रयोग भइरहेका अवस्थामा कास्कीका ग्रामीण भेगमा अझैपनि खेतबारी जोत्न गोरुको प्रयोग हुँदै आएको छ । गाउँका टारीमा अग्ला कान्ला तथा साँघुरा गरा भएका कारण गोरुको विकल्प नभएको हो । मादी गाउँपालिका–१२ अलैँचीबारीका ६८ वर्षीय सोमलाल न्यौपाने टारीका खेतबारीका लागि अझैपनि जोत्न गोरुको विकल्प नभएको बताउछन् । छिमेकी वडा […]

टनेल हाम्रो, उत्पादन तपाईँको कार्यक्रम

पर्वत। पर्वतको फलेवास नगरपालिकामा ‘टनेल हाम्रो उत्पादन तपाईँको कार्यक्रम’ सुरुवात भएको छ । फलेवास नगरपालिकाले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको हो । किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सेत सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरपालिकाका ११ वटै वडाका […]

किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता

बनेपा। सिन्धुपलाञ्चोकका दुई पालिकाले किसानलाई पाडी र भैंँसी सुत्केरी भत्ता वितरण गरेका छन् । कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं ६ र ८ का किसानको आम्दानीमा वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले किसानलाई ‘भैँसी सुत्केरी भत्ता’ वितरण गरिएको हो । पनौती नगरपालिका–१२ का किसानलाई भैंँसीको पाडी वितरण गरिएको छ । गत वर्ष भैँसीलाई सुत्केरी भत्ता दिएको नगरपालिकाले […]

विषादीले कीरा मर्न छाड्यो

महोत्तरी। उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका–७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहनु भएको छ ।नगद आर्जनका लागि तरकारीखेती शुरुआत गर्नुभएका उहाँले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानु भएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारीखेती गर्दै आउनुभएका उहाँका जग्गामा अहिले आलु, भण्टा, खोर्सानी र लौका तरकारीबाली छन् । खेती […]

व्यावसायिक घाँसखेतीबाट मनग्य आम्दानी

प्युठान। सरुमारानी गाउँपालिका–२ ददेरीका ५३ वर्षीय धनबहादुर कुमालले एक दशकदेखि घाँसखेती गर्दै आएका छन् । करिव १६ वर्ष नेपाल प्रहरीको सेवामा बिताएका उनि रोजगारीका लागि चार वर्ष मलेशिया समेत बसे । विदेशमा दुःख गर्नुुको साटो आफ्नै ठाउँमा केही गर्ने सोचसहित घर फर्किएर उनले विसं २०६८ जेठमा आठ सय गाँजबाट घाँसखेती शुरुआत गरेका हुन् । उनि […]

आफ्नै लगानीमा तीन लाख खर्चेर किवीको शीतभण्डारण

इलाम। नौ वर्षअघि इलाम नगरपालिकाले रु छ करोड खर्चेर शीतभण्डार बनायो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको हो । भण्डारण बेगर लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । शीतभण्डार बन्यो तर अहिलेसम्म […]

सरकार र उखु किसानको वार्ता निष्कर्षविहीन

ललितपुर। सरकार र उखु किसानको वार्ता निष्कर्षविहीन सकिएको छ । आइतबार उद्योग मन्त्रालयमा भएको वार्तामा कुनै सहमति नहुन नसकेपछि भोलि सोमबार १२ बजे बस्ने निर्णय भएको उखु किसान संघर्ष समितिका सचिव हरेश्याम यादवले जानकारी दिए । “आज वार्ताका लागि मन्त्रालयमा बोलाएको थियो । वार्ता भयो तर कुनै निष्कर्ष निस्किएन । भोलि फेरि १२ बजे बैठक […]

कृषि मन्त्री घनश्याम भुसालले दिए राजीनामा

ललितपुर। संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री […]

क्याटवरी बनाउने उद्योग स्थापनाको तयारी, १ करोड ८ लाख लिटर दूध प्रशोधन गर्ने

मकवानपुर। वाग्मती प्रदेश सरकार र चितवनका स्थानीय तहको साझेदारीमा राप्ती नगरपालिका– ७ गढुवामा दूघ प्रशोधन प्लान्ट तथा क्याटवरी उद्योगको स्थापना गरिने भएको छ । उक्त प्लान्टको भवन निर्माण गर्न प्रदेश दूग्ध विकास बोर्डले केही दिनभित्र बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई यथाशीध्र निर्माण कार्य शुरु गराउन तयारी भइरहेको प्रदेश दूग्ध विकास बोर्डका सूचना अधिकारी डाक्टर शत्रुघनप्रसाद […]

कोरोना प्रभाव : सुन्तलाको बजारीकरण गर्न समस्या

सुदूरपश्चिम। कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण डोटी र कैलालीका चुरे पहाडी क्षेत्रमा फलेका सुन्तलालगायतका फलफूलको सहज रुपमा बजारीकरण गर्न नपाउँदा किसान चिन्तित बनेका छन् । किसानका खेतबारीमा यतिबेला सुन्तला, मौसम, जुनार, कागती लटरम्म फलेका छन् । कोरोना भाइरसको जोखिमका कारण उत्पादन भएको फलफूल अपेक्षाअनुसार बजारीकरण नभएको भन्दै किसान चिन्तित देखिएका हुन् । यहाँका किसानको मुख्य […]