समाचार

दुग्ध उत्पादनका आधारमा अनुदान

बलेवा। दूध उत्पादनमा आत्मानिर्भर बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र अत्मानिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ । केन्द्रले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैंयाँ ५० […]

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न आग्रह

ललितपुर। राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह गरेको हो । प्रवक्ता डा. टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा बक्यौता […]

आगामी तीन दिनको मौसम पूर्वानुमान

ललितपुर। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि […]

रासायनिक मल पर्याप्त हुँदा पनि पुगेन किसानसम्म

वीरगञ्ज। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा रासायनिक मल पर्याप्त मात्रामा रहेको भनिएपनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको छ । कार्यालयको गोदाममा युरिया, डिएपी र पोटास मल पर्याप्त मात्रामा रहेको भनिए पनि किसानसम्म पुग्न नसकेको गुनासो बढ्दै गएको हो । धानखेतीको मौसममा किसानले पर्याप्त मात्रामा रासायनिक मल नपाएर सोचेजस्तो धानको उत्पादन लिन […]

कागतीका बिरुवामा मुना : किसानमा पलायो आशा

बागलुङ। कान्लामा रहेका चिलौनेका रुखको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाएका रुखको ठुटो कुहिदैगर्दा खेतका गरा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको रुप धारण गर्दै छ । बिरुवामा मुना मात्रै पलाएका छैनन् तिनै मुना हेरेर दङ्ग पर्ने किसानका मनमा आशा पनि पलाएको छ । बागलुङ […]

स्याउ बगैँचा व्यवस्थापन गर्दै किसान

खलङ्गा। जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वी बहादुर भण्डारी यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । उनले भने, “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन”, […]

तरकारी बाली हात नपर्ने किसानको चिन्ता

महोत्तरी। लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले महोत्तरीका तरकारी किसान हैरान भएका छन् । पुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसँगै रोग बढाएपछि यहाँका किसानको हैरानी बढेको हो । पछिल्लोपटक गत पुस २७ गतेयता गत आइतबार मध्याह्नपछि र सोमबार मात्र घाम देखिएको थियो । त्यसपछि […]

काभ्रेको कृषि बजारका अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीनजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसला बाली विकास केन्द्र (बागबानी) को स्वामित्वमा रहेको सात रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन ललितपुरले करिब २४ वर्षअघि कृषिउपज बजार सञ्चालन गर्न अनुमति दिएको थियो । उक्त भ्रष्टाचार आरोपपत्रमा श्रेष्ठले वर्षौँदेखि […]

कृषिमा वैदेशिक लगानी आवश्यक : प्रवक्ता घिमिरे

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको स्पष्टोक्ति दिनुभएको छ । सरकारले प्रतिनिधिसभा भङ्ग भएकै अवस्थामा सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि वैदेशिक लगानी आवश्यक हो वा होइन भन्ने चर्चा चलिरहेकै अवस्थामा सरकारको तर्फबाट सो धारणा राख्नु भएको हो । एशोसिएशन अफ नेपाली अग्रीकल्चर जर्नालिष्ट्स (अनाज) […]

कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर प्रदान गरिने भएको छ । साझा सहकारीको जग्गामा निर्माण हुँदै गरेका केन्द्रमा नगरपालिकाका सबै घरधुरीलाई शेयर प्रदान गर्न लागिएको हो । यसका लागि नगरपालिकाको आठौँ नगरसभाले कृषि उपज सङ्कलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित गरेको छ । सोमबार सम्पन्न […]