ललितपुर। सरकारले गतवर्षको भन्दा ९६ रुपैयाँ प्रति क्विन्टलले बढाएर यस वर्षको लागि गहुँको समर्थन मूल्य तोकेको छ । गत फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको हो ।
सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि उक्त मूल्य तोकेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । गत वर्ष गहुँको न्यूनतम सर्मथन मूल्य ३ हजार १५ रुपैयाँ थियो ।