ललितपुर। सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ। इच्छुकहरूले उक्त पदहरूका लागि दरखास्त दिन सक्नेछन्।
किसानहरुको हक, हितका लागि भन्दै लामो समयको संघर्ष पश्चात गठन भएको किसान आयोगको अध्यक्ष पद यहि फाल्गुन ११ गते देखि रिक्त छ । आज (बिहिबार)देखि २१ दिनभित्र दरखास्त दिन सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सिफारिस समितिले सूचना निकालेर रिक्त पदहरुको लागि आवेदन माग गरेको हो ।
एक जना अध्यक्ष, किसान प्रतिनिधि सदस्य एक महिलासहित तीन जना, कृषि सहकारीमा आवद्ध किसान एक जना सदस्य र एक जना कृषि विज्ञ सदस्य पदका लागि आवेदन खुला भएको छ।
अध्यक्ष पदका लागि कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण भएको तथा ३५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ।फाइल तस्विर