समाचार

नेपाली किसानले नदिएपछि भारतीय उखु आयात

सर्लाही। दक्षिणी क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैताले भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको छ । नेपाली किसानले उखु नदिएपछि उद्योगले आफ्ना दलालहरुमार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिङ गरेको हो । नेपाली किसानको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको उद्योगले छिमेकी देश भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको भन्दै किसानले गुनासो गरेका छन् […]

आजको मौसम : कतै आंशिक बदली, कतै सफा

ललितपुर। देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी हाल उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ। यस्तै राति प्रदेश […]

मल आपूर्ति तथा वितरक संस्था तोकियो

ललितपुर। नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् । यस्तै फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले कालीमाटी फलफूल तथा […]

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

ललितपुर। आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जनरचट्याङका साथै […]

किसानले अब एपमार्फत कृषि बजारको जानकारी लिन सक्ने

काभ्रे। नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पनि पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेका छन् । नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा डिजिटल कृषि सूचना केन्द्र, सरल कृषि विस्तार सेवा (जिओ कृषि एप) हस्तान्तरण भएसँगै अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई […]

नर्सरीबाट वार्षिक २० लाख आम्दानी

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु. २० लाखभन्दा बढी आम्दानी गर्दै आएको छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् । जिल्लामा नमूना टिमुर कृषकको रुपमा चिनिएका उनले दुई टनेलमा ४० हजार […]

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

कञ्चनपुर। लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो । कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई कृषियन्त्र र उपकरण अनुदानमा वितरण […]

झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

झापा। नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रु २० करोड लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उनको […]

कृषक भन्छन्,‘बाँदरले दिएको दुःख कसले सुनिदिने’

तनहुँ। ‘कि लाखु मास, कि हामीलाई नाश’, तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चुया विसौनाकी ज्येष्ठ नागरिक देउमाया भुजेलले भनिन्, यो उक्ति झट्ट सुन्दा अप्रिय लागे पनि यस भनाइमा बाँदरले सताएका धेरै पीडा र व्यथा लुकेका छन् । देउमायाको मात्रै होइन बाँदरका कारण कृषकले भोग्दै आएको समस्या यतिखेर राष्ट्रिय समस्या जस्तै बनेको छ । बाँच्नका लागि आवश्यक खाद्यान्न […]

अस्तव्यस्त बन्दैं कृषि विश्वविद्यालय, ताला अझै खुलेन

चितवन। ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका […]