समाचार

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

ललितपुर। आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल देशका पहाडी […]

बाँदर धपाउन उपकरण वितरण

मकवानपुर। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पुर्‍याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । गाउँपालिकाले बजेट विनियोजन गरी […]

चितवनमा धमाधम चैतेधान रोपाइँ हुँदै

चितवन। जिल्लामा चैतेधान रोप्न कृषक व्यस्त छन् । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ । उक्त क्षेत्रफलमा गत वर्ष ३९ हजार […]

महिलाका फार्म र डेरीले उकासिएको जीवन

इलाम। यहाँस्थित फाकफोकथुम गाउँपालिका एकतप्पाकी ममता खनाललाई बिहानको रिमरिमभन्दा पहिले नै गोठमा पुग्न बित्छ । बिहानको उज्यालो भुइँमा झर्नुअघि नै गाईवस्तुको थलाभकारा र खोलेको मेल सक्नुपर्छ । उहाँले सानाठूला गरी ४२ गाईभैँसी पाल्नुभएको छ । बिहानमात्र होइन, दिनसमेत उहाँको त्यहीँ गाईभैँसीको स्याहारमै बित्छ । उहाँले आफूले मात्र सबै काम नभ्याउने छाँट देखिएपछि फार्ममा केही कामदार […]

मेशिनबाट धान रोपाइँ

भरतपुर। जिल्लामा पहिलोपटक चार चक्के मेशिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका–६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेशिनबाट रोपाइँ गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के […]

जङ्गली जनावरले सखाप पारे हिउँदे बाली

जलेश्वर। महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिकासहित पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन् । ती स्थानीय […]

५० प्रतिशत अनुदानमा कृषकलाई हलो

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने कृषकलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ । गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषकलाई हलो प्रदान गर्न लागिएको हो । पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण […]

वन अतिक्रमण हटाइँदै

महेन्द्रनगर। कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सवडिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो राख्दै वन क्षेत्रमा बनेका नयाँ र पुराना घररटहरा हटाउने क्रम शुरु गरेको छ । डिभिजन वन कार्यालयका […]

प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट

काभ्रे। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दूध (गाई–भैँसी) , माछा, मासु (बाख्रा, बङ्गुर), मौरी तथा निर्यात […]

अम्रिसो भारत निर्यात हुँदा नेपालमा कुचोको मूल्य बढ्यो

धरान। पहाडी जिल्लामा उत्पादन हुने नगदेबालीका रुपमा रहेको अम्रिसो कुचोको मूल्य यो वर्ष बढेको छ । अम्रिसो भारत निर्यात हुन थालेपछि यस वर्ष कुचोको मूल्य पनि आकासिएको हो । विगतमा प्रतिवटा रु. ४० का दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा रु. १०० देखि १३० सम्म बिक्री भइरहेको छ । अम्रिसो कुचोको मूल्य गत […]