काँक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको बैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो । यसको खेती पहाड देखी तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन ।
हावापानी :
काँक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट बृद्धि र फल लाग्न सरदर २५ देखि ३० डिग्री .से तापक्रम आवश्यक हुन्छ । वीउ उम्रन, फल छिटो परिपक्क हुन र राम्रो उत्पादनको लागी माटोको तापक्रम महत्वपुर्ण हुन्छ । माटोको तापक्रम १० डिग्री से. भन्दा कम र २५ डिगी से. भन्दा माथि हुनुहुदैन ।

माटो :
काक्रो खेतीको लागि बलौटे दोमट देखि पाँगो माटो उपयुक्त हुन्छ । ५.५ देखि ६.५ पी एच भएको माटो उत्तम मानिन्छ । काक्रो वाली ५.५ पी एच भन्दा कम अर्थात अम्लिय माटोमा सम्बेदनशिल हुन्छ र विरुवाको उत्पादनमा असर पर्दछ । चिम्टाइलो माटोमा लहरा धेरै जाने र फल ढिलो परिपक्क हुन सक्दछ ।

लगाउने समय :
काक्रो गर्मी र वर्षा दुबै मौसममा रोपिने भएकाले
• गर्मीमा माघ वा फाल्गुनमा र वर्षामा आसाढ र श्रावनतिर रोप्ने ।
• पहाडमा चैत्रमा रोप्ने ।

बिउ दर :
बिउ दर २.५ देखि ४ किलो ग्राम प्रती हेक्टर ।
बिउ उपचार तथा नर्सरी व्यवस्थापन
बीउ उपचार क्यापटन २/३ ग्राम प्रती किलो बिउको दरले गर्ने ।

लगाउने दुरी :
लाइन देखि लाइन दुरी १.५ वा २.५ मिटर र बोटदेखि बोट दुरी ६० वा ९० सेमीको हुनुपर्छ । २ देखि ३ बीउ एउटा खाल्डोमा रोप्ने ।

सिचाई र गोडमेल :
• बेर्ना रोपेपछि गर्मीमा आवश्यकतानुसार पानी दिने ।
• माटोको चिस्यान र मौसम बीच तालमेल मिलाइ सिचाइ र गोडमेल गर्ने ।

बाली लिने समय :
• २ देखी ४ दिनको फरकमा फल टिप्ने ।
• उत्पादन १५ देखि ६० क्वीन्टल प्रती हेकटर हुन्छ ।

भिडियो हेर्नुहोस :