छरुवा धान खेती : समय, पैसा र इन्धनको बचत
कञ्चनपुर। बेलौरी नगरपालिका-६ हात्तीबोझाका आसारेराम वडायकले परम्परागत तरिकाबाट धानखेती गर्न छाडेका छन् । सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले परम्परागत तरिकाबाट धानखेती गर्नका लागि अहिलेसम्म बीउ राख्न पाएका छैनन् । तर, उनी ब्याड नराखी सिधै धान फलाउने योजनामा रहेका छन् । कम खर्च र लागतमा बढी उत्पादन दिइने भएपछि उनी छरुवा प्रविधिमा आधारित धानखेती गर्ने योजनामा रहेका […]





