फ्लोरा एक्स्पोमा बढ्दो आकर्षण : शनिबार साढे २१ हजारले गरे अवलोकन
ललितपुर। पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित राजधानीमा आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण बढ्दो देखिएको छ। भृकुटीमण्डपमा जारी उक्त मेलामा दैनिक रूपमा दर्शक सङ्ख्या र कारोबार दुवैमा वृद्धि हुँदै गएको आयोजकले जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको मेला चैत ८ […]





