समाचार

आज काग तिहार

ललितपुर। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर कागका […]

सयपत्री प्रति थुङ्गा रु. चारमा बिक्री

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूल खेती सुरु गरिन् । तिहारका समयमा उनलाई माग अनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिक रूपमा फूल खेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका […]

आत्मनिर्भर बन्न व्यावसायिक रूपमा गाईपालन

दोधारा चाँदनी। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नुपरेको छैन । केही खर्च गर्नुपरे पनि श्रीमानको तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाइन् । भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रू. १ लाखमा पाँच गाई खरीद गरेर व्यावसायिक रूपमै गाईपालनमा लागेकी उनी अहिले लाखौंको कारोबार गर्छिन् । ‘श्रीमान् […]

चाडबाडमा अलैँची टिप्न व्यस्त किसान

बागलुङ। मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए […]

एक हजार सात सय ७० कृषकको छैन जमिन

चितवन। जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन् । जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो सङ्ख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन् । जग्गाको स्वामित्व हुने कृषकको सङ्ख्या एक […]

बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप

गलेश्वर। पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरु चिन्तित बनेका हुन् । बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले किराको प्रकोपका कारण धानको उत्पादन गत वर्षको तुलनामा यसवर्ष कम हुने अनुमान गरिएको […]

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

ललितपुर। हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन् । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा भएको ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र […]

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

झापा । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै […]

फूलको मौसमः घरआँगनकै फूलबाट थैली भर्दै गृहिणी

महोत्तरी। दीपावली पर्व सर्वसाधारण गृहिणीलाई आफैँले नसोचेको आर्जनको अवसर बन्दैछ । घरआँगनमा शोभाका लागि लगाइएका फूलका बोटबाटै महोत्तरीका सर्वसाधारण गृहिणीले धेरथोर नगद थैलीमा भर्न पाएका छन् । दीपावली (तिहार) पर्व नजिकिएसँगै फूल खोज्ने व्यापारी घरघरै पुग्न थालेपछि महोत्तरी जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणीका लागि आफ्नै घरआँगन र करेसामा शोभाका लागि लगाइएको फूल अतिरिक्त आम्दानीको स्रोत […]

बाली लगाउने समयमा रासायनिक मल अभाव, मल उपलब्ध गराउन माग

काभ्रेपलाञ्चोक। आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन्। उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्रसमेत बुझाएका छन्। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर उपप्रमुख सूर्यमाया दनुवारलाई सयौँ सङ्ख्यामा उपस्थित किसानले ध्यानाकर्षणपत्र बुझाउँदै […]