समाचार

मुस्ताङमा फस्टाउँदै आलुखेती

मुस्ताङ। मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । उहाँका अनुसार मुस्ताङको तीन सय […]

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

दोधारा चाँदनी। पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई […]

सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता

गुल्मी। गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो । सुन्तला खानेमा ६ सहभागी हुनुभएको थियो । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भएका छन् । उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम […]

कागती खेतीबाट मनग्य आम्दानी

गलकोट। पन्ध्र वर्ष कतारमा सवारी चालकका रूपमा काम गर्दै आएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो । पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ । जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती […]

एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री

स्याङ्जा। स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं. ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए […]

खाद्य कम्पनीले किसानको धान खरिद गर्दै झापा

झापा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले किसानसँग धान खरिद गर्ने भएको छ । आगामी बुधबारदेखि किसानसँग भएको धान खरिद गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्वीन्टल रु. तीन हजार एक सय २८ र रञ्जीत धान प्रतिक्वीन्टल रु. तीन हजार एक सय २८ मा खरिद गर्ने भएको हो । […]

खाना पकाउन अझै गुइँठाकै भर

खजुरा। ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउनुहुन्छ । “ग्यास किन्न सक्ने अवस्था […]

सुन्तला खेतीबाट जीवन स्तर फेरियो

म्याग्दी। बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरी करिब सात सय सुन्तलाका बोट रोप्नुभएका खत्रीको बगैँचामा यतिबेला सुन्तला टिप्ने चटारो […]

आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । “गत वर्ष तीन हजार एक सय १५ हेक्टर […]

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

सर्लाही। जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै […]