समाचार

बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

बागमती। बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु. ५५ करोड विनियोजन गरेको छ । विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी परिचालन कार्यविधि र मापदण्डसमेत बनाइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बनाएको बिउपुँजी परिचालनसम्बन्धी कार्यविधि अनुसार मातहतको कार्यालयबाट व्यावसायिक योजना पेस गरेका आधारमा […]

कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

ललितपुर। देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कुखुरापालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेपछि व्यवसायीले सक्रियता देखाएका हुन् । अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । धेरैले बैंकको ऋण तिर्न सकेका छैनन् भने कतिपयको व्यवसाय नै बन्द […]

बढ्दो चिसोमा किसानलाई कामको चटारो

महोत्तरी। मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ । चिसोबाट बच्न अनेकन उपाय खोजीरहँदा यहाँका किसानलाई भने कामको चटारो छ । यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पु¥याउनु पर्ने र उखुक्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइनभ्याइको अवस्था छ । अर्को सिजनका लागि तरकारी खेतीका लागि खनजोतको काम यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको […]

बिचौलियाको मारमा सुन्तला कृषक

गुल्मी। गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम रु. एक सय छ । दानाको आकारका भरमा रु. पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् । सुन्तला कृषकसँगै उपभोक्ता पनि […]

आज केही स्थानमा हल्का हिमपातको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं. १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी […]

पर्वतमा बाँदर आतङ्क : किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे

पर्वत। पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए । विगतमा मङ्सिर तेस्रो सातासम्म […]

पशुपँक्षी फार्मको कमाइले दङ्ग धामी दम्पती

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका ७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आएको किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु प¥यो । कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो । “कोरोनापछि पसलमा ग्राहक आउनै छाडे”, उनले भने, “घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाड्नु प¥यो ।” यद्यपि पसलबाट भएको आम्दानीबाट […]

तरकारी खेतीमा रमाउँदै थारु महिला

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल भएकि छन् । उनले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहेकि छन्। “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर […]

बाली फेर्दै किसान

महोत्तरी। बर्दिबास–९ पशुपतिनगर गोमस्ताटोलका ५५ वर्षीय भीमबहादुर आले मगरले पुसको जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा एकछिन पसेपछि खलखली पसिना आएकोे बिर्सिएको छैन । आफ्नो बस्ती र छिमेकका बस्ती जहाँ हेरेपनि भर्जिनियाँ सुर्ती खेतीमात्र देखिने चार दशकअघिको कुरा अब स्मृतिमा मात्र रहेको उनी बताउँछन् । “जुन गाउँबस्तीमा हे¥यो, बारनैबारन १ फाँटभरि सुर्तीका लहलहाउँदा बोट […]

स्याउ बगैँचा व्यवस्थापनको चटारो

म्याग्दी। मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ । फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन […]