समाचार

च्याउको बीउ उत्पादनमा गृहिणी

महेन्द्रनगर। लालझाडी गाउँपालिका–३ पर्सियाकी राधिका राना गृहिणीबाट माथि उठ्दै पछिल्लो समय गाउँका महिलासित मिलेर च्याउको बीउ उत्पादनमा सक्रिय हुनुहुन्छ । पुस्तौँदेखि कृषि पेसाबाट जीविका चलाउँदै आएका उहाँ पछिल्लो दुई वर्षयता खेती किसानीसँगै गाउँका १५ महिलासँग मिलेर च्याउको बीउ उत्पादन गरी बिक्री वितरण गरिरहनुभएको छ । “धान, गहुँभन्दा च्याउको बीउ उत्पादनबाट राम्रो आम्दानी हुँदो रहेछ”, उहाँले […]

सुन्तला गाउँ बन्यो सिम्ले

अर्घाखाँची। भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बन्नुभएको छ । विसं २०२७ मा भारतीय सेनामा रहँदा भारतीयले नेपालीहरुप्रति प्रयोग गरेको यही शब्द सहन नसकी सेनाको जागिर चटक्कै छाडेर घर फर्किनुभयो । त्यसलगत्तै […]

कृषि प्रवर्द्धनमा डुडुवा गाउँपालिकाको पहल

खजुरा। बाँके जिल्लाले धान, गहुँ, मकै र मसुरोको बीउ उत्पादनलाई जोड दिएको छ । किसानलाई बीउमा आत्मनिर्भर गराउने पालिकाको रणनीति रहेको छ । धान, गहुँ, मकै, मसुरोको बीउ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरिसकिएको र यो सञ्चालनको प्रक्रियामा रहेको छ । यो प्लान्टले प्रतिघण्टा एक मेट्रिक टन प्रशोधन गर्न सक्छ । बीउ उत्पादनलाई प्रशोधन […]

पनौतीको माटोमा ६१ प्रतिशत अम्लियपन

काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो । प्रदेश राजधानी हेटौंडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो । प्रयोगशालाका विज्ञ डा […]

कृषि प्रसार कार्यकर्तामा मेरो अनुभव 

नमस्कार मेरो नाम प्रदिप भट्ट हो । मेरो घर नुवाकोट जिल्ला लिखु गाँउपालिका वडा नं -६ मा पर्दछ।प्राविधिक शिक्षामा अलि बढि रुचि राख्ने म ४ बर्ष अगाडि प्लस टु पढदै गर्दा गाँउकै एक विध्यालयमा १८ महिने बालि विज्ञान बिषयमा पनि अध्ययन गर्ने अवसर मिलेको थियो । त्यसै अवसरलाई पुरा गर्दै मैले व्यवस्थापन विषयमा माध्यामिक शिक्षा […]

पोल्ट्री व्यवसाय जोखिममा

काभ्रेपलाञ्चोक। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा गर्भवती महिलालाई वितरण गर्नुका साथै पोल्ट्री व्यवसायका चुनौतीबारे छलफल सञ्चालन गरिरहेको छ । हाल सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बालबालिकालाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिने चेतनामूलक सन्देश दिइरहेको केन्द्र […]

च्याउखेतीबाट राम्रो आम्दानी

दाङ। घोराही उपमहानगरपालिका १८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेका छन्। सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेको हो । […]

‘सुन्तला खेती’ मा रमाउँदै गाउँपालिका उपाध्यक्ष

तनहुँ। जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएका छन् । विसं २०५३ देखि सुन्तला खेती थाल्नुभएका उहाँले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएका छन् । म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गरेका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु. २० लाख बराबरको […]

उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

बागलुङ। बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ । यस वर्षको उखु प्रतिकेजी रु. १५ […]

कागती खेतीबाट मनग्य आम्दानी

डुम्रे। सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गरेका छन् । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त भएका उनले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याएका छन् । तनहुँ बन्दीपुर गाउँपालिका–१ तल्लोटारका राना भन्छन्“बाँझो जमिनको उपयोग र जागिरका क्रममा सिकेको सीपको सदुपयोग हुने […]