समाचार

अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’

ढोरपाटन। अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली । एकदशक अगाडिसम्म गहुँ, जौ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले तरकारीखेती भइरहेका छन् । अहिले ती बारीमा सेताम्मे प्लास्टिका टनेल छन् । पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ […]

दूधको मूल्यवृद्धिको निर्णय फिर्ता, अध्ययनपछि समायोजन गर्ने सहमति

ललितपुर। दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । सोमबार कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए । “आज (आइतबार) सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयानुसार हाल वृद्धि […]

दूधको मूल्य बढाउन किसानको माग

भरतपुर। चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् । किसानले दूधको मूल्य प्रतिलिटर रु. १४ ले बढाउन भनेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले प्रतिलिटर रु. १४ ले किसानले […]

तनहुँमा २८ करोडको सुन्तला उत्पादन

दमौली। तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु. २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय […]

म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म

म्याग्दी। म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलसम्म पुग्न थालेको छ । सिस्नो विशुद्ध अग्र्यानिक उत्पादन हो । यसको उत्पादनमा न कीटनाशक औषधिको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै पर्छ । बजार क्षेत्रमा बसोबास गर्नेहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका […]

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

गलकोट। बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु. तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु. साढे […]

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

गोरखा। गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो । कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका […]

सन्दर्भ राष्ट्रिय पोल्ट्री दिवस : व्यवसायी भन्छन् , डेढ खर्ब लगानी डुब्ने भयो

चितवन। अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय समस्यामा परेको छ । दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको हो । दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहँदा व्यवसायी अब के गर्ने भन्ने चिन्तामा छन् । नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा […]

‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणले बंगुर मर्न थाले

बेनी। देशका विभिन्न स्थानमा बंगुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बंगुरमा संक्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बंगुर मरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिकरूपमै फार्ममा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा […]

गाँउमै भैँसीपालनबाट मनग्य आम्दानी

सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेका छन् । उनि यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउछन् । उनका बिसमुरे फार्ममा १० भैँसी छन् । परिवारको साथले भैँसी पाल्न सहज रहेको उनि बताउछन् । आफ्ना उमेरका अधिकांश विदेश गएका तर चालिसे अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँमा भैँसीपालनमा […]