समाचार

रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

टीकापुर। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन् । मूल कुलाका पदाधिकारी र रानी जमरा कुलरिया गरी तीन वटै नदी प्रणाली उपभोक्ता समितिका पदाधिकारी, पत्रकार र आयोजनाका […]

रुकुम पूर्वमा खाद्यको चामलको माग बढ्दो

मुसीकोट। रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन । चामलको माग बढेपछि जिल्लामा शाखा नै स्थापना गरेर चामल बिक्री सुरु गरिएको छ । जिल्लामा असोजदेखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको […]

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव

ललितपुर। नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल र पदमबहादुर खड्का चयन हुनुभएको छ । उपाध्यक्षमा पूर्वक्षेत्रतर्फ ईश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेवप्रसाद […]

‘धनकुटा कफी’ बजारमा

धनकुटा। डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो । विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा […]

तरकारी सङ्कलन केन्द्रबाट किसानलाई लाभ

डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडा नं. २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न तीन सयभन्दा बढी किसान लाभान्वित भएका छन् । केन्द्र व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय अगुवा किसान जोगबहादुर मडैको अध्यक्षतामा […]

‘सीप त छ, बेच्न बजार छैन’

कमलामाई। सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार) सँग मान्द्रो बनाउने सीप छ । बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन । सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले घरखर्चका लागि ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेरै भए पनि व्यवहार धान्नु परेको […]

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

भोजपुर। ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ […]

कावासोतीमा सामूहिक आलु खेती

कावासोती। पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलु खेती गरेका हुन् । कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत गरेर […]

कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान

झापा। इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् । माङ्सेबुङ वडा नं १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले रु दुई हजार अनुदान दिने गरेको बताउनुभयो । पछिल्लो समय कफी खेतीको पकेट क्षेत्रका रूपमा विकास भइरहेको माङ्सेबुङमा अनुदान पाउन थालेपछि परम्परागत धान, […]

डेरी उद्योगबाट मनग्ये आम्दानी

रेसुङ्गा। अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्कनुभएको छ गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उहाँ विसं २०६३ देखि न्यूमैत्री डेरी […]