समाचार

उखुको समर्थन मूल्य सच्याउन माग

सर्लाही। सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने उनीहरुले जनाएका छन् । उखु क्रसिङको सिजन सुरु भएको निकै समयपछि सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल रु. ६ सय १० […]

कृषि कर्ममा रमाउँदै युवा

कञ्चनपुर। वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको छ । साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उहाँ उपचारपछि स्वास्थ्यलाभ गरेपछि तरकारी खेतीमा लाग्नुभएको हो । दुई वर्षका लागि वैदेशिक रोजगारी गर्न साउदी अरेबिया गएका उहाँलाई स्वास्थ्यले साथ नदिएपछि पूरा समयावधि काम गर्न नपाइ स्वदेश फर्केका […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित

सिमकोट। हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो […]

विषादी रहित खाद्यान्न भण्डारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

ललितपुर। मेरो एग्रो प्रा.लि.ले विषादी रहित खाद्यान्न भण्डारण कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा आज ललितपुरको होटल हिमालयमा सरोकारवाला निकायसँग छलफल गरेको छ । कम्पनीले लामो समय देखि विषादी रहित खाद्यान्न भण्डारणको लागि ग्रेन प्रो ब्याग, ग्रेन सेफ ब्याग, सुपर ग्रेन ब्याग, कोकुनका साथै छिटो छरितो सुकाउनको लागि सोलर बबल ड्रायर, कोल्यावसेवल ड्रायर र अक्सिजन […]

खाद्य सुरक्षा र कृषि आय बढाउन निर्वाध बजार पहुँच

ललितपुर। दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आज यहाँ आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले संयुक्तरूपमा आयोजना गरेको […]

उखु किसान आन्दोलित

चन्द्रौटा। कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । आव २०७१/७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उक्त रकमको माग गरिएको छ । त्यस्तै महालक्ष्मी सुगर मिलले किसानको रकमबाट खरिद गरेको ड्रिल मेसिन […]

सिस्ने गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण

रुकुम (पूर्व)। रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ । गाउँपालिकाको स्थानीय भू–उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ बमोजिम ४ किल्लासहित कृषि क्षेत्र र अन्य क्षेत्रलाई गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको हो । पालिकामा रहेका आठवटै वडाका भू–वर्गीकरण […]

झापामा आलु खेतीको क्षेत्रफल बढ्यो

बनियानी। झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गतवर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार नौ सय ८५ हेक्टरमा सो खेती गरिएको छ । गतवर्ष […]

गोरु पाल्ने कृषकलाई अनुदान

चौतारा। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु. १० हजार अनुदान दिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो । नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्र्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक […]

म्याग्देमा दुई सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । शीत भण्डारमा […]