समाचार

प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल

चितवन। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको बताउनुभयो […]

प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो उखुको मूल्य

ललितपुर। सरकारले उखुको बिक्री मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ बढाएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन्। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा बिक्री मूल्य निर्धारण गरेको हो। उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि […]

निर्यात बढाउने अवस्था सृजना गर्नुपर्छ : कृषिमन्त्री साह

ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन […]

विदेशबाट फर्केर बाख्रापालन

देउखुरी। घोराही–६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पाल्नुभएको छ । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बन्नुभएको हो । पहिले दुबईमा पाँच वर्ष र त्यसपछि मलेसियामा पाँच वर्ष बस्नुभएका बुढामगरले कोरोनाका कारण मलेसियाको कम्पनीमा काम कम रोकिएपछि नेपाल आएको बताउनुभयो । रोल्पा नगरपालिका–७ […]

अझै लोकप्रिय छन् उखु पेल्ने कोल

म्याग्दी। पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ । आधुनिक सामग्रीको विकास भएपनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी आएको छैन् । जिल्लाको मंगला गाउँपालिका–२ सिममा रहेको उखु […]

पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित

गलेश्वर। यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र तथा मुस्ताङमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपरेपछि बालीनाली सुक्न थालेका छन् भने हिमालहरू कालोपत्थरमा परिणत हुँदै गएका छन् । हिउँदमा पानी नपरेपछि हिउँदे खेती […]

बगैँचासँगै घट्यो सुन्तलाको उत्पादन

लमजुङ। अन्य वर्षको तुलनामा केही वर्षयता लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरु निराश भएका छन् । सुन्तलाको उत्पादन मात्रै नभएर सुन्तला बगैँचामा पनि कमी आएको छ । सुन्तला किसानहरुले व्यापारीसँग राम्रो मूल्यमा सुन्तला बिक्री गर्दै आएकामा केही वर्षयतादेखि सुन्तला उत्पादनमा कमी आएपछि किसानहरु निराश भएका हुन् । साबिकको कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत गरिएको बेँसीसहर […]

‘सीप त छ, बेच्न बजार छैन’

कमलामाई। सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको उहाँले बताउनुभयो । […]

ऐसेलुखर्कमा पशु बीमा कार्यक्रम रोकियो

खोटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित पशु बीमा कार्यक्रम केही वर्षदेखि रोकिएको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा पशु बीमा कार्यक्रम सुरु गरेको थियो । सुरुका वर्ष १७ बाख्रा र छ बङ्गुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६/७७ देखि पशु बीमा नवीकरण नगरेको गाउँपालिकाका पशु सेवा […]

माटोको उर्वरा शक्तिमा ह्रास

घोराही। दाङमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याएको छ । माटो परीक्षणबिना खेती गर्ने र जथाभावीरूपमा रासायनिक मल प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको कृषिविज्ञ बताउँछन् । मलको जथाभावी प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम हुँदैगएको र उत्पादनमा ह्रास ल्याउने काम गरिरहेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महरा […]