ललितपुर। सरकारले उखुको बिक्री मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ बढाएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन्।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा बिक्री मूल्य निर्धारण गरेको हो। उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय गरेको छ।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५ सय ९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो। अहिले सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो।

सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।