धुञ्चेमा पशु सेवा सम्पर्क केन्द्र स्थापना
त्रिशुली। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले रसुवाको धुञ्चेमा सम्पर्क केन्द्र स्थापना गरेर सेवा दिन थालेको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको केन्द्रले जनशक्ति अभावका कारण पछिल्लो एक वर्षदेखि सेवा दिन सकिरहेको थिएन । कर्मचारीको व्यवस्था गरेर केन्द्र सञ्चालनमा ल्याएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो । दुई प्राविधिक थप गरेर ‘सम्पर्क […]





