समाचार

चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ

चितवन। चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई वर्षमा १४ सय हेक्टरमा सिँचाइ उपलब्ध गराइएको हो । आयोजना प्रमुख देवकुमार स्याङबोका अनुसार जिल्लामा ५७ वटा डिप ट्युबेल र एक सय १० वटा स्यालो ट्युबेल जडान […]

भायानेट कम्युनिकेसन २३ वर्ष पुग्यो 

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट र टिभी सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ। भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो। यो अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ। सन् २०११ […]

विकास गाउँतिर, गाउँले सहरतिर

म्याग्दी। हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ वटा पालिकाका सबै वडासम्म सडक सञ्जाल पुगेको हो । सडक सञ्जालको पहुँच पुगेसँगै पालिकाले विकासमा तीव्रता दिइरहेका छन् । सडक स्तरोन्नति, पक्की पुल निर्माण, घना बस्ती योजना, सिँचाइ, […]

कैलाली बाढी : ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

कैलाली। लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको […]

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

रसुवा। तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ। चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो। दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको […]

कञ्चनपुरका किसानलाई धान काट्न चटारो

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनि निकै चिन्तित छन् । “लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ”, उनले भने, “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।” वर्षभरी […]

बर्दियामा ४९४ बिघाको धानबालीमा क्षति

बर्दिया। राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको छ । बुधबारदेखि धानबाली क्षतिको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार ४९४ बिघा धान बालीमा क्षति पुगेको छ । ३०९ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने […]

विश्व अण्डा दिवस : जनचेतना अभावमा अण्डा खपत कम

चितवन। स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको हो । विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरुपमा गुणस्तरीय प्रोटिन, भिटामिन ई, ए, के, […]

आयात रोकिएन, चितवनका केराले बजार पाएन

भरतपुर। भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गरेका छन्। सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उनले केरा बोटमै पाकेपछि चरा र […]

जडीबुटी निकासी नहुँदा व्यवसायी मर्कामा

नेपालगञ्ज। करिब रु. ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार इलामदेखि दार्चुलासम्म सङ्कलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बङ्गलादेशसमेत निर्यात भएको छ । […]