समाचार

खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम

खोटाङ। जिल्लाका दुई स्थानीय तहका एक/एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो । चालु आर्थिक वर्ष पाथेका र फेदीका सातवटा सामुदायिक वनमा सर्भे तथा अनुसन्धान गर्ने र […]

माटोमा अम्लिय, नाइट्रोजन र प्राङ्गारिक पदार्थमा कमी

तुलसीपुर। तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीनभन्दा कम रहेको पाइएको छ । त्यस्तै नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाइएको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । त्यस्तै माटोमा पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार जति सिफारिस गरिएको […]

बगर खेतीमा रमाउँदै कैलालीका किसान

अत्तरिया। कैलालीको धनगढी उपमहागनरपालिका–१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त हुनुहुन्छ । हिउँदे मौसममा उहाँको समय बगरमै बित्छ । “बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ”, उहाँले भन्नुभयो, “यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौँ ।” उहाँले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । हिउँदमा नदीको क्षेत्रफल […]

विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय

टीकापुर। कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो । ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकले कृषि क्षेत्रमा भएका नवीनतम कृषिसम्बन्धी ज्ञानको अभावमा खेती गरिरहेका छन् । विद्यालयबाट कृषिसम्बन्धी ज्ञान दिन सके विद्यार्थीमा कृषि […]

तीन लाख भेडाबाख्रालाई पिपिआर खोप

त्रिशूली। नुवाकोट र रसुवामा जारी रहेको पिपिआर खोप अभियानमा करीब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पिपिआर (हैजा) रोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई […]

तरकारीको ‘हब’ बन्दै बझाङको जुजी

बझाङ। दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिनुहुन्छ । बारीको रेखदेख उहाँको नियमित जिम्मेवारी नै हो । घरको आँगनदेखि बजारसम्मै उहाँ भएको ठाउँमा तरकारीकै गफ हुन्छ । उहाँ तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुरा आफन्तलाई सुनाइहाल्नुहुन्छ । खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन । दुई/तीन वर्षमै तरकारी […]

सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

ढोरपाटन। बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई कि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् । उनीहरु भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरुले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् । सुत्केरी […]

गुल्मीमा तीन सय १२ प्रजातिका चरा

रेसुङ्गा। विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ । यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका […]

बाँके कृषि पर्यटनको गन्तव्य

नेपालगञ्ज। बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको छ । लुम्विनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई […]

आजको मौसम : केही भू–भागमा आंशिक बदली

ललितपुर। आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ […]