समाचार

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

देउखुरी। घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुनुहुन्छ । बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा बाख्रा पाल्नुभएको छ । घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गर्नुभएको छ । वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलोे भएको उहाँ बताउनुहुन्छ । पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको […]

बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन

कलैया। बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल एक लाख २१ हजार ६२ दशमलव पाँच मेट्रिक टन आलु उत्पादन गरेका छन् । आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय–समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले जानकारी […]

सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र

जनकपुकपुरधाम। कृषि ज्ञान केन्द्र धनुषाले साना सिँचाइ प्रवद्र्धन र कृषिको व्यवसायीकरणका लागि बर्सेनि लाखौँ रुपैयाँ लागतका सिँचाइ उपकरण तथा कृषियन्त्र वितरण गर्दै आएको छ । केन्द्रका प्रमुख शङ्करप्रसाद साहले सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सुविधा पु¥याउन र कृषक तथा कृषि मजदुरलाई उपकरण र कृषियन्त्र वितरण गरिँदै आएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा करिब रु. ८० […]

खाद्य संस्थानले पाएन लक्ष्यअनुसार धान

दोधारा चाँदनी। खाद्य व्यापार तथा कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यअनुसार धान पाउन सकेको छैन । संस्थानले किसानबाट यस वर्ष १४ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार आठ सय २० क्विन्टलमात्रै धान खरिद गर्न सकेको छ । गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन । सरकारले ढिला गरी […]

मकैको बीउ उत्पादनसँगै निर्यात

दिपायल। दिपायल–डोटीबाट पछिल्लो समय मकैको बीउ निर्यात हुन थालेको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा उत्पादन भएको एक सय नौ टन मकैको बीउ जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । जोरायाल गाउँपालिका र बडीकेदार गाउँपालिकामा मकै ‘ब्लक’ कार्यक्रमअन्तर्गत ५० हेक्टर जमिनमा मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको […]

चालीस रोपनीमा अनार खेती

चौतारा। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै रु. १५ लाखको लगानीमा अनार खेती सुरु गर्नुभएको हो । अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी रु एक लाखका दरले रु. ४० लाख […]

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी। माघ दोस्रो साता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत आइतबारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुसी छैनन् । यसपाली पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो । […]

अफ्रिकी देशहरुमा खाद्य सुरक्षाका लागि दश अर्ब अमेरिकी डलर सहयोग

डाकार। अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ । अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको […]

विदेशबाट फर्केर कृषि व्यवसायमा जुट्दै युवा

भोजपुर। भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् । विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका उहाँ अहिले आफ्नै ठाउँमा व्यावसायिक […]

किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह

कलैया। कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताउनुभएको छ । बारा उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले मुुलुक कृषि क्षेत्रको विकासमार्फत् नै आत्मनिर्भर हुने भन्दै कृषि क्षेत्रका योजना कार्यान्वयनको […]