समाचार

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

वालिङ। स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला […]

तरकारी उत्पादन गर्न एक करोड सहयोग

मङ्गलबारे। सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि रू. एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिनुभयो । कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम […]

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा सुधार आएन’

जनकपुरधाम। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा सञ्चालित कार्यक्रम कार्यान्वयनमा उल्लेख्य सुधार हुन सकेको छैन । परियोजना कार्यान्वयन एकाइ धनुषाको अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार विगत छ महिनामा भौतिक प्रगति ४५ प्रतिशत भए पनि वित्तीय प्रगति भने २८ प्रतिशत मात्रै भएको पाइएको छ । जिल्लास्थित सरोकारवालासँग दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गर्न आज जनकपुरधाममा आयोजित कार्यक्रममा परियोजना […]

बिक्री नभएपछि कृषकले सुन्तलाका बिरुवा उखेलेर फाल्न थाले

म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर विक बताउनुहुन्छ । “गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिएँ,” उहाँ भन्नुहुन्छ, “यसपालि हुर्किएका १० हजार बिरुवाले पनि बजार नपाएपछि […]

व्यावसायिक गोलभेँडा खेतीमा बढ्दो आकर्षण

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा व्यावसायिक गोलभेँडा खेतीमा कृषक आकर्षित भएका छन् । जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत खेती गर्ने कृषकहरु जिल्लामा बढेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार गत वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक हजार सात सय १९ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो । जिल्लामा यस वर्ष […]

अझै हिउँ परेन

ताप्लेजुङ। अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि हिमपात भएको छैन । सधैं हिउँले सेताम्मे देखिने डाँडाकाँडा कालापत्थर झैँ देखिन्छन् । स्थानीयवासी छेतेन शेर्पाका अनुसार करिब तीन हजार मिटरको उचाइमा पर्ने […]

व्यासमा चिस्यान केन्द्र निर्माण

तनहुँ। गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा रू एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । वषौँंदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको […]

कृषि श्रमिक नपाउँदा किसानलाई छैन पर्वको रौनक

महोत्तरी। मधेसका प्राचीन मिथिला क्षेत्रका किसानमा श्रीपञ्चमी पर्वको उल्लास छाउन सकेन । पर्वमा अबको एक वर्षभरि कृषि काम गर्ने श्रमिक नपाएपछि किसानलाई पर्वले उल्लास दिन नसकेको हो । मिथिलामा वसन्तपञ्चमी पनि भनिने माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वकै दिन वर्षभरि कृषि काम गर्ने श्रमिकको टुङ्गो लगाएर पुज्ने चलन छ । यो परम्परा थेग्न श्रमिक […]

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु. तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका अधिकांश स्थानीयले […]

दोर्दीमा निःशुल्क पशु स्वास्थ्य शिविर

लमजुङ। दोर्दी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पालिकाको पशुपन्छी शाखाको आयोजनामा वडा नं १ भारतेमा आज आयोजित एक दिने सो शिविरमा एक सय २६ किसान लाभान्वित भएका छन् । सो शिविरमा दुई हजार १३ पशुपन्छीको उपचार तथा औषधि वितरण भएको छ । पचास वटा कुकुरमा रेविज विरुद्धको खोप लगाउनुका साथै तीन […]