समाचार

गोलभेँडा बिक्रीबाट बार्षिक डेढ करोड आम्दानी

बागमती। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडालगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ । उनीहरुले विगत ६ महिनामा ३ लाख रूपैयाँभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ । अहिले दैनिक रूपमा मकवानपुरगढीमा उत्पादन भएको […]

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

रेसुङ्गा । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् […]

बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित

वालिङ। बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो । कोभिड–१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बङ्गुर बिक्री हुन छाडेका फार्मका सञ्चालक भीम लुइँटेलले बताए । पहिला पहिला देशका विभिन्न ठाउँबाट पाठापाठीको माग […]

प्लास्टिक टनेलमा कालो लेउको समस्या

बागलुङ। प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ । गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका छन् […]

मुस्ताङमा फस्टाउँदै आलुखेती

मुस्ताङ। मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ । उहाँका अनुसार मुस्ताङको तीन सय […]

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

दोधारा चाँदनी। पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई […]

सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता

गुल्मी। गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो । सुन्तला खानेमा ६ सहभागी हुनुभएको थियो । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भएका छन् । उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम […]

कागती खेतीबाट मनग्य आम्दानी

गलकोट। पन्ध्र वर्ष कतारमा सवारी चालकका रूपमा काम गर्दै आएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो । पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ । जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती […]

एउटै गाउँबाट एक करोडको सुन्तला बिक्री

स्याङ्जा। स्याङ्जाको एउटै गाउँबाट रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा नं. ४ सुन्तलाबारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष खेमराज गुरुङले बताए […]

खाद्य कम्पनीले किसानको धान खरिद गर्दै झापा

झापा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले किसानसँग धान खरिद गर्ने भएको छ । आगामी बुधबारदेखि किसानसँग भएको धान खरिद गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्वीन्टल रु. तीन हजार एक सय २८ र रञ्जीत धान प्रतिक्वीन्टल रु. तीन हजार एक सय २८ मा खरिद गर्ने भएको हो । […]