हिमपात नहुँदा भोकमरीको जोखिम
बझाङ। सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउनुहुन्छ । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । बुढा भन्नुहुन्छ, “यो समयमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गराहरू गहुँमय हुन्थे […]





