समाचार

‘पहिलाजस्तो माछा पाइन छाडे’

कञ्चनपुर। लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा धेरै वर्षदेखि माछा मार्ने काम गर्दै आउनुभएको छ । नदीमा पहिलेको जस्तो माछा पाइँदैनन् । दिनभरि नदीमा जाल खेलाउँदा थोरैमात्र माछा पर्ने गरेका छन् । नदीमा थोरै प्रजातिका माछामात्रै रहेको उहाँले बताउनुभयो । “विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच–छ किलो माछा मार्न […]

एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

चितवन। जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो । सोमबारदेखि सुरु भएको खोप अभियान एक सातासम्म चल्नेछ । बाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि यो […]

चिस्यान केन्द्र : कतै निर्माणाधीन,कतै उपयोगविहीन

खोटाङ। किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले जिल्लाका तीन स्थानीय तहमा चार वर्षअघि शीतभण्डार स्थापना गर्ने पहल थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु र रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा शीतभण्डार केन्द्र स्थापना गर्ने गरी भवन निर्माणको काम सुरु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपास्थित पञ्चदोबाटोमा निर्माण […]

अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

ताप्लेजुङ। अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो रू. ३५ का दरले मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी रू. एक सय २० मा बिक्री गर्नुभयो । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् । मूल्यमा […]

व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु

टीकापुर। कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् । उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका छ ड्रम उत्पादनको तयारीमा रहेका छन् । तयारी भएको मस्यौरा गुणस्तर […]

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

रसुवा। उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् । उच्च हिमाली पाखामा चार–पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्दथ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात […]

तरकारी पकेट क्षेत्रमा शीतभण्डार

बैतडी। तरकारीको पकेट क्षेत्रका रुपमा परिचित बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ । कुल रू तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु भएको हो । पाटन नयाँ सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीका अनुसार कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ । जिल्लाको […]

बुटवलमा पशु बधशाला सञ्चालनको तयारी

बुटवल। बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । बधशाला सञ्चालनको जिम्मेवारी सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा अनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई […]

कुचोबाट मनग्य आम्दानी

मङ्गलबारे। इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन् । अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ । घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न । उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ । इलामका किसानको एक महत्त्वपूर्ण […]

चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन

म्याग्दी। म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाले यही फागुन […]